Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

काभ्रे प्रदेशको राजधानी हुदैँनः राप्रपा अध्यक्ष थापा

Saturday, March 24, 2018 National Power

१० चैत,काठमाण्डौ –  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काभ्रे जिल्ला प्रदेश ३ को राजधानी नहुने बताएका छन् । धुलिखेलमा दुईदिनसम्म चलेको पार्टी उच्चस्तरीय अनुशिक्षण कार्यक्रमपछि पत्रकारहरुसँग बोल्दै थापाले मकवानपुर नै प्रदेश तीनको स्थायी राजधानी हुने स्पष्ट पारे । प्रदेश ३ भित्रपर्ने सबै जिल्लाबाट बढीमा ३ घण्टाभित्र हेटाँैडा पुग्ने सकिने भन्दै उनले काभ्रेलाई प्रदेश ३ को आर्थिक राजधानी बनाउने तर्फ आफ्नो पार्टी क्रियाशिल हुने बताए । “प्रदेश ३ को स्थायी राजधानी मकवानपुर नै हो, उनले भने “काभ्रेलाई आर्थिक राजधानी बनाउनुपर्छ ।”

अस्थायी राजधानी तोकिएकै ठाउँमा अहिले धमाधम बैठक र प्रदेश सञ्चालनका नीति नियम बनाउने काम भइरहेको भन्दै उनले प्रदेश राजधानीलाई चाहिने सम्पूर्ण भौतिक पूर्वाधार मकवानपुर जिल्लासँग रहेको दाबी समेत गरे । “सबै हिसाबले मकवानपुर उपयुक्त छ, कुनै विवाद गर्नुपर्ने अवस्था छैन्, थापाले भने “काभ्रे जिल्लाको आफ्नो छुट्टै विशेषता छ, यहाँको सम्भावनालाई समृद्धिमा बदल्न आर्थिक राजधानी बनाउनुपर्छ ।”

अरविन्द गौतम / काभ्रे सम्वाददाता