Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

काभ्रे प्रदेशको राजधानी हुदैँनः राप्रपा अध्यक्ष थापा

Saturday, March 24, 2018 National Power

१० चैत,काठमाण्डौ –  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काभ्रे जिल्ला प्रदेश ३ को राजधानी नहुने बताएका छन् । धुलिखेलमा दुईदिनसम्म चलेको पार्टी उच्चस्तरीय अनुशिक्षण कार्यक्रमपछि पत्रकारहरुसँग बोल्दै थापाले मकवानपुर नै प्रदेश तीनको स्थायी राजधानी हुने स्पष्ट पारे । प्रदेश ३ भित्रपर्ने सबै जिल्लाबाट बढीमा ३ घण्टाभित्र हेटाँैडा पुग्ने सकिने भन्दै उनले काभ्रेलाई प्रदेश ३ को आर्थिक राजधानी बनाउने तर्फ आफ्नो पार्टी क्रियाशिल हुने बताए । “प्रदेश ३ को स्थायी राजधानी मकवानपुर नै हो, उनले भने “काभ्रेलाई आर्थिक राजधानी बनाउनुपर्छ ।”

अस्थायी राजधानी तोकिएकै ठाउँमा अहिले धमाधम बैठक र प्रदेश सञ्चालनका नीति नियम बनाउने काम भइरहेको भन्दै उनले प्रदेश राजधानीलाई चाहिने सम्पूर्ण भौतिक पूर्वाधार मकवानपुर जिल्लासँग रहेको दाबी समेत गरे । “सबै हिसाबले मकवानपुर उपयुक्त छ, कुनै विवाद गर्नुपर्ने अवस्था छैन्, थापाले भने “काभ्रे जिल्लाको आफ्नो छुट्टै विशेषता छ, यहाँको सम्भावनालाई समृद्धिमा बदल्न आर्थिक राजधानी बनाउनुपर्छ ।”

अरविन्द गौतम / काभ्रे सम्वाददाता