Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

मेघा अस्पताल सर्वसाधरणको आकर्षकको केन्द्र

Friday, March 23, 2018 National Power

९ चैत,काठमाण्डौ – मेघा अस्पताल प्रा.लिले पछिल्ला दिनहरुमा सर्वसाधरणको आकर्षकको केन्द्र बन्न थालेको छ । विगत लामो समय देखि काठमाण्डौमा रहेर जनताको सेवा गर्दै आईरहेको अस्पतालले गरिव तथा विपन्न वर्गका मानिसहरुलाई उपचार सेवा सुविधामा छुट तथा सहुलियत दिदै आईरहेको छ । नेपाली भुभागमा रहने गरिवीको रेखामुनि रहेका सर्वसाधारणलाई अस्पतालको तर्फबाट दिईने सेवा र सुविधाहरुमा कुनै कसर बाँकी नराख्ने अस्पतालका निर्देशक किशोर जंग राणाले बताएका छन् ।

साथै जनचाहाना अनुसार आफ्नो अस्पताललाई सञ्चालन गर्न अहोरात्र स्वास्थयकर्मीहरु सहित आफु खटीरहे को निर्देशक राणा बताउछन् ।
आफुले भ्याए सम्म नेपालका कुना कन्दरा सम्म आफ्नो अस्पताल पुग्ने र सहुलियत रुपमा उपचार सेवा उपलब्ध गराउनु मेघा अस्पतालको लक्ष्य रहेको राणाले बताएका छन् । उपचार कार्यक्रम अन्तर्गत विकट हिमाली जिल्ला रसुवामा पनि मेघा अस्पतालले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

गरिबीको रेखामुनि रहेका परिवारका सदस्यहरुलाई स्वाथ्य चेकजाँच गराएर औसधि उपचार समेत निशुल्क गर्ने भएको छ । छाला बालरोग अपाङ्गता लेखाजोखा तथा वर्गिकरण,सहायक सामग्री,जनरल ओपिडी तथा फिजिसियन सेवा,हाईड्रोशिल,हर्निया अप्रेशन लगायतका सेवाहरु दिईने निर्देशक राणाले बताएका छन् । यहि चैत्र २३ र २४ गते आड्रा भवन कालिकास्थान रसुवामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । उक्त शिविर अपाङ्गता पुर्नस्थापना केन्द्र रसुवा, विश्व हिन्दु महासंघ रसुवा र आचार्य फाउण्डेसन रसुवाको स्थानिय संयोजनमा सञ्चालन गरिने भएको छ ।

कमला जोशी
 सम्पादक पावर न्युज मासिक