Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

ट्राफिक अपडेट

Friday, March 23, 2018 National Power

९ चैत, काठमाण्डौ-  यतिबेला उपत्यका स्थित थापाथली, माईतीघर, त्रिपुरेश्वर, जमल, लैनचौर र केशरमहल चोकमा सवारी साधनहरु चापमा चलिरहेका छन् । त्यस्तै कलंकी, नैकाप, जडिबुटी, कोटेश्वर, मित्रपार्क, चुच्चेपाटी, चावहिल र नारायणगोपाल चोक हुँदै संचालन हुने सवारी साधनहरु पनि चापमै चलिरहेका छन् । सवारी चाप रहेको स्थानमा ट्राफिक प्रहरी द्धारा सहज आवागमनको प्रयास भैरहेको छ ।

ललितपुरको चापागाँउ क्षेत्र हुदै संचालन हुने ठुला सवारी साधनलाई आज पनि धापाखेल–सातदोबाटो हुँदै सञ्चालन गराईएको छ । चापागाँउ–टुटेपानी सडक मर्मत नभएको भन्दै स्थानियले सडक अवरुद्ध गरेका कारण सवारी साधनलाई ड्राइभर्सन गरिएको हो । ड्राईभर्सनका कारण धापाखेल–सातदोबाटो क्षेत्रमा सवारी साधनको चाप रहेको छ । यस बाहेक उपत्यकाको अन्य स्थान तथा नाकाहरुको सवारी आवागमन भने सामान्य तवरले संचालन भैरहेको छ ।

मोरङ्गको बेलबारी नगरपालीका ११ लक्ष्मी मार्गमा आज बिहान मोटरसाईकल दुर्घटना हुंदा २ जना घाईते भएका छन् । घाईते हुनेमा मोटरसाईकल चालक झापा दमक नगरपालीका ५ का २० बर्षीय संदिप कुमाल र पछाडी सवार १९ बर्षीया मनिका कुमाल घाईते भएका हुन् । घाईते कुमाल द्धयको नोबेल सामुदायीक अस्पताल बेलबारीमा उपचार भैरहेको छ । आज बिहान ६ बजे, मे ५ प ६४६९ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको हो ।

आज बिहान पौने ९ बजे मोरङ्गकै बुढीगंगा गाउँपालीका ५ स्वस्तीक आयल स्टोर अगाडी को १ ख ६२६५ नम्बकरको बसले ठक्कर दिँदा बा ४९ प १५६६ नम्बरको मोटरसाईकलका चालक सुनसरीका ४० बर्षीय जय नारायण चौधरी र पछाडी सवार ४५ बर्षीय हरिचन्द्र ऋषीदेव घाईते भएका छन् । उनीहरुको विराट मेडिकल कलेज बिराटनगरमा उपचार भैरहेको छ ।

काभ्रेपलान्चोकको भुम्लु गाँउपालीका १० स्थित ५४ किलोमा आज मोटरसाइकल दुर्घटना हुँदा चालक घाईते भएका छन् । सिन्धुपाल्चोकबाट बनेपातर्फ आउँदै गरेको बा ६८ प ४९७८ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा संजिव कटुवाल घाईते भएका हुन् । आज बिहान सवा ९ बजे, भएको दुर्घटनाका घाईते कटुवालको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । घाईते इलाका प्रहरी कार्यालय नवलपुर सिन्धुपाल्चोकमा कार्यरत प्रहरी सहायक निरीक्षक रहेको बुझिएको छ ।

बाँकेको कोहलपुर नगरपालिका ८ पिपिरी नजिकै आज बसको ठककरबाट साइकलयात्रु घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ६० वर्षीय छोटीलाल वि।क। रहेका छन् । घाइते वि।क।को मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । आज बिहान साढे ८ बजे ना ६ ख ८४३० नम्बरको बसले वि।क। सवार रहेको साइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने बस सहित चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।