Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

एसईई परीक्षा अनुगमन गर्न गृहजिल्ला पुगे शिक्षामन्त्री

Friday, March 23, 2018 National Power

९ चैत, महोत्तरी – शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले महोत्तरीको बर्दिवासस्थित एसईई परीक्षा केन्द्रहरुको अनुगमन गरेका छन् । शुक्रबार बिहान गृहजिल्ला महोत्तरीका परीक्षा केन्द्रहरुमा पुगेर शिक्षा मन्त्री पोखरेलले अनुगमन गरेका हुन् । बर्दिवासका दुई विद्यालयमा अनुगमन गर्दै केन्द्राध्यक्षहरुलाई परीक्षा ब्यवस्थित र मर्यादित बनाउन मन्त्री पोखरेलले निर्देशन दिएका छन् । उनले परीक्षा केन्द्रमा पुगेर परीक्षार्थीहरुलाई शुभकामना पनि दिए ।

महोत्तरीमा १०५ विद्यालयका परीक्षार्थीहरुले २९ परीक्षा केन्द्रबाट शुक्रबार दोस्रो दिन नेपाली विषयको परीक्षा दिएका छन् । महोत्तरीमा ८ हजार २२३ विद्यार्थीहरु एसईई परीक्षामा सहभागी छन् । मन्त्री पोखरेलले एसईई परीक्षाको पहिलो दिन काठमाडौं उपत्यकाका केन्द्रहरुमा अनुगमन गरेका थिए ।