Monday 17th June 2024

    ईनास मेरिल्याण्डले आयोजना गरेको बनभोज तथा भेटघाट कार्यक्रम    नेपाल चलचित्र कलाकार संघको विचार गोष्ठि भव्यरुपमा सम्पन्न    ३९ विधामा र ६२ अवार्ड प्रदान गर्दै ओप्सना म्युजिक अवार्ड २०२४ सम्पन्न    १२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन    नेपालका ओझासहित विश्वभरबाट ३१ विश्व कविहरूलाई ‘पोएट अफ नेचर अवार्ड’

मन्त्री र सचिव कहाँ धाउँदैमा कर्मचारी समायोजन रोकिँदैनः मन्त्री पण्डित

Friday, March 23, 2018 National Power

९ चैत, विराटनगर – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्वेच्छिक अवकाशका लागि कर्मचारीले दिएको निवेदन स्वीकृत नहुने बताएका छन् । उनले कर्मचारी समायोजन नरोकिने समेत स्पष्ट पारे । ‘अघिल्लो सरकारले ल्याएको स्वेच्छिक अवकाश प्याकेजका लागि कर्मचारीहरुले निवेदन दिएका छन्, तर त्यो स्वीकृत हुँदैन’, स्वेच्छिक अवकाश प्याकेज के हुने भन्नबारे अन्योलता देखिरहेका बेला मन्त्री पण्डितले भने ।

मन्त्री पण्डितले सरकारले निजामती कर्मचारीको तालीम, विदेश अध्ययन भ्रमणअनुसार राज्यलाई प्रतिफल दिनुपर्ने भन्दै स्वेच्छिक अवकास अधिकार नभएर सुविधा मात्रै भएको बताए । जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी सार्वजनिक सेवा प्रवाह गर्न निजामती कर्मचारीलाई आग्रह गर्दै उनले उच्च मनोबलका साथ आफ्नो पदीय जिम्मेवारी वहन गर्न कर्मचारीलाई निर्देशन दिए

उनले कर्मचारी समायोजनक रोक्न चलखेल भएको भन्दै मन्त्री र सचिवकोमा धाउँदैमा त्यो नरोकिने स्पष्ट पारे । ‘मन्त्री र सचिवकोमा धाउँदैमा कर्मचारी समायोजन रोकिँदैन’, मन्त्री पण्डितले भने । मन्त्री पण्डितले सरकार कर्मचारीको सेवा र सुविधा वृद्धि गर्न तयार रहेको उल्लेख गर्दै त्यसका लागि कर्मचारी खटिएको स्थानमा जानुपर्ने सर्त राखे । प्राविधिक कर्मचारीले स्थलगत रुपमा कार्य नगरेकाले देशको दुर्दशा भएको उल्लेख गर्दै उनले कामको क्षेत्रसँग विषय नमिलेका कारण नै आफूले प्राविधिक कर्मचारीलाई प्रशासनमा जान रोकेको बताए ।