Monday 17th June 2024

    ईनास मेरिल्याण्डले आयोजना गरेको बनभोज तथा भेटघाट कार्यक्रम    नेपाल चलचित्र कलाकार संघको विचार गोष्ठि भव्यरुपमा सम्पन्न    ३९ विधामा र ६२ अवार्ड प्रदान गर्दै ओप्सना म्युजिक अवार्ड २०२४ सम्पन्न    १२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन    नेपालका ओझासहित विश्वभरबाट ३१ विश्व कविहरूलाई ‘पोएट अफ नेचर अवार्ड’

चिठ्ठा परेको छ भन्दै सयौंलाई ठगी गर्ने ९ जना पोखरामा पक्राउ

Monday, March 19, 2018 National Power

५ चैत, पोखरा – पोखराकी एक महिलाको मोबाइलमा इमो म्यासेज आयो, ‘तपाईंलाई २५ लाखको चिठ्ठा परेको छ । सो रकम लिन तपाईंको ट्याक्स क्लियर छैन । बोर्डरमा राजश्व तिर्नुपर्ने छ, ३ लाख रुपैयाँ पठाइदिए तपाईंले चिठ्ठाको पैसा पाउनुहुन्छ ।’ उनले पैसाको आशमा रकम बुझाइन् । उनले पछिमात्रै थाहा पाइन्, ठगिएछु भन्ने । पाल्पा निस्दीका यामबहादुर रानामगरले करिब डेढ वर्षअघि विदेशी नागरिकले आफू र आफ्नो परिवारका लागि सामान र पैसाहरु पठाएको सामाजिक सञ्जालमार्फत आफन्तलाई सुनाए । त्यही पैसा र समानको ट्याक्स क्लियर गर्न आउँदा आफू थुनामा परेको भन्दै आफन्तसँग यामबहादुरले आर्थिक सहयोगको याचना गरे ।

यामबहादुरको याचनाले आफन्तको मन पग्ल्यो र बैंक अफ काठमाडौंको खातामा केही रकम पठाइदिए । तर, त्यसपछि न यामबहादुरले ती आफन्तलाई सम्पर्क गरे, न विदेशीले पठाएको पैसा र सामान नै पाएको खबर गरे । पछिमात्रै ती आफन्त ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी गर्न पुगे । पछिल्लो समय इमो, भाइबर फेसबुक म्यासेन्जरमार्फत ठगी धन्दा बढिरहेको छ । चिठ्ठा परेको छ, उपहार परेको छ भन्दै सामाजिक सञ्चालनका विभिन्न माध्यमबाट प्रलोभन देखाएर ठगी गर्ने ठूलो गिरोह सक्रिय रहेको भेटिएको हो ।

इमो, भाइबर र फेसबुकमार्फत चिठ्ठा परेको छ, उपहार आएको छ, विदेशीले उपहार पठाइदिएको भन्दै प्रलोभन देखाउने र लाखौं रुपैयाँ गठी गर्ने ९ जना ठगलाई प्रहरीले कास्कीमा सार्वजनिक गरेको छ । उनीहरुले कास्की लगायत विभिन्न जिल्लामा सामाजिक सञ्चालनको प्रयोगबाट २५ लाख रुपैयाँको चिठा परेको छ, तपाईंको परिवारलाई सुन तथा नगद पठाएको छु भन्दै झन्डै १ करोड ३० लाख रुपैयाँको ठगेको प्रहरीको भनाइ छ । ‘कसैले यति लाख चिठ्ठा परेको छ । त्यसका लागि यति पैसा चाहिन्छ भने प्रलोभनमा नपर्नुहोला,’कास्कीका प्रहरी प्रमुख अशोक सिंहले भने, ‘यसरी कसैले फोनै गरे पैसा माग्छ भने प्रहरीलाई खबर गर्नुहोला ।’

विदेशी नागरिकले पैसा पठाइदिएको छ र आफू थुनामा परेको भन्दै ठगी गर्ने पाल्पा, निस्दी -७ ज्यामिरेका २६ वषर्ीय यामबहादुर रानामगर प्रहरीले प्रक्राउ गरेको छ । यस्तै सामाजिक सञ्जालबाट २५ लाख रुपैयाँ चिठ्ठा परेको छ भन्दै ८० जनाभन्दा बढी व्यक्तिहरुलाई ठगी गर्ने धादिङ खनियावास-५ का २६ वर्षीय टेकबहादुर तामाङ र २४ वर्षीय नेनिस तामाङ, नेत्रावती-१ का २८ वर्षीय ठाकुर गुरुङ, र मनोज तामाङ गणेश गुरुङलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

पक्राउ परेका धादिङका ५ जनासँग सोधपुछ गर्दा उनीहरुले साउदी अरबमा रहेका नरेश राउत भन्ने व्यक्तिले भने बमोजिम पैसा झिकेर विभिन्न ठाउँमा पठाउने गरेको बताएका छन् । साउदीबाट नरेश राउतले घनुषास्थित संगीता मिश्रको नाममा पैसा पठाउने भनेपछि प्रहरीले पैसा पठाइदियो । धनुषा प्रहरीको सहयोगमा संगीता मिश्र र उनीसँगै रहेकी कामनी तिवारीलाई पनि पक्राउ गर्‍यो । संगीतामाथि प्रहरीले अनुसन्धान र सोधपुछ गर्दा त्यो सम्पूर्ण काम गर्न महोत्तरीका योगेन्द्र तिवारीले लगाएको खुलेपछि धनुषामा पक्राउ गरी प्रहरीले पोखरामा बुझाएको छ ।

सामाजिक सञ्जालबाट ठगी धन्दा चलाउने ठूलो गिरोह नै सक्रिय रहेको कास्की प्रहरी प्रमुख अशोक सिंह बताउँछन् । ‘कसैले यति लाख चिठ्ठा परेको छ । त्यसका लागि यति पैसा चाहिन्छ भने प्रलोभनमा नपर्नुहोला,’ प्रहरी प्रमुख सिंहले भने, ‘यसरी कसैले फोनै गरे पैसा माग्छ भने प्रहरीलाई खबर गर्नुहोला ।’ ठगीमा विदेशीदेखि नेपालीसम्म संग्लन हुने प्रहरी भनाइ छ ।

चिठ्ठा परेको छ भन्दै ठगी धन्दा चलाएको भन्दै पक्राउ परेका ठाकुर गुरुङ धादिङको रेडियो बिहानीका स्टेशन म्यानेजर रहेको स्रोतले बताएको छ । १ जनालाई पोखरा, न्युरोड र १ जनालाई विरौटाबाट मनि ट्रान्सफरबाट पैसा निकाल्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । पोखरा डयामसाइडमा रहेको झर्ना होटलबाट ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । १ जनाबाट ७५ हजारदेखि ३ लाखसम्म ठगी भएको र सयौं जना यसरी सामाजिक सञ्जालबाट ठगिएको प्रहरी प्रमुख अशोक सिंहले बताए ।

गिरोहले सर्वसाधारणलाई इमोबाट फोन गर्ने गर्थ्यो । हिन्दी भाषामा २५ लाखदेखि १ करोडसम्मको चिठ्ठा परेको जानकारी दिइन्थ्यो । उक्त रकम पाउनुअघि करबापतको पैसा पहिला नै पठाउनुपर्ने भन्दै आइएमइमार्फत् पैसा पठाउन अनुरोध गरिन्थ्यो । सामाजिक सञ्जालमा यस्तो गिरोह सक्रिय रहेकाले सचेत रहन कास्की प्रहरीका प्रवक्ता खड्कबहादुर खत्रीले आग्रह गरे । यसैगरी २२ सेट लागुऔषधसहित एक जना प्रक्राउ परेका छन् । पोखरा-२७ हेमजामा चेकजाँच गर्दा पोखरा-४ सिद्धार्थचोक बस्ने १८ वषर्ीय विकास सुवेदी पक्राउ परेका हुन् ।

अनलाईनबाटखबर