Friday 19th April 2024

    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार

मूर्तिकलाले चिटिक्क इटहरीको तालतलैया

Monday, March 19, 2018 National Power

५ चैत, इटहरी – इटहरी उपमहानगरपालिकाको वडा नम्बर २ र ३ मा पर्ने तालतलैया पर्यटकीय क्षेत्र जिल्लाको सबैभन्दा लोकप्रिय घुम्ने स्थल हो । २०७३ सालमा भएको अन्तर्राष्ट्रिय कार्यशालामा बनाइएका मूर्तिहरूले तालतलैयालाई पूर्वका अन्य सिमसार क्षेत्रको पर्यटनभन्दा मौलिक बनाएको पर्यटनकर्मीहरु बताउँछन् । गत साल नेपालसहित जापान, जर्मन, इजराइल, मलेसिया र भारतका ३३ मूर्तिकारहरुले २८ वटा मूर्तिहरु तालतलैयामा बनाएपछि यहाँका आगन्तुकहरु अघिल्ला बर्षको तुलनामा बढेको तालतलैया व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर राई बताउँछन् ।

तालतलैयाको व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर राई तालतलैया क्षेत्रमा व्यवस्थित बोटिङ, बाल उद्यान र अन्य आकर्षक आम्दानीमुलक पूर्वाधारहरू विकास गरेर आगन्तुुकहरु थप बढाउने बताउँछन् । राईका अनुसार गत वर्ष तालतलैयामा एकल घुमन्ते र पिकनिक गरेर पाँच लाख पर्यटकहरुले भ्रमण गरेका थिए । ७६ दशमलव ४५ हेक्टर क्षेत्रफलमा फैलिएको सुन्दर, हरियाली र एकान्त तालतलैयाको २१ दशमलव ५० हेक्टर क्षेत्रफलमा भने पर्खालले घेराबारे गरिएको छ । विभिन्न ८ वटा पोखरीलाई मर्ज गरेर ६ पोखरी बनाइएको तालतलैयामा जलपरी रिक्सा भनिने जलबिहार पनि सञ्चालन रहेको छ । पूर्व(पश्चिम राजमार्गको इटहरी पूर्वमा रहेको जुट विकास चोकबाट ५ किलोमिटर तथा कोसी राजमार्गको इटहरी तरहारा क्षेत्रबाट ३ किलोमिटरको सडक दुरीमा तालतलैया पुगिन्छ ।