Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

एनसीसी बैंक काण्ड : २ सय करोड घोटालामा समातिए काँग्रेसका यी नेता

Friday, March 16, 2018 National Power

२  चैत ,काठमाडौं – एनसीसी बैंकमा भएको भनिएको २ सय करोड ( २ अर्ब ) रुपैँया घोटाला काण्डमा नेपाली काँग्रेसका नेतासहित १३ जना समातिएका छन् । नक्कली पुर्जा राखेर ऋण दूरुपयोग गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काँग्रेसका नेता समेत रहेका विष्णु धितालसहित १३ जनालाई पक्राउ गरेको हो । धिताल यसअघि एनसीसी बैंकमा मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष थिए । धिताल तत्कालिन रारा विकास बैंकको बोर्ड सदस्य हुँदै एपेक्स डेभलपमेन्ट बैंकको अध्यक्ष बनेका थिए । धितालले भने डुबेको ऋण उठाउन आफूले पहलकदमी लिएको बताए । उनले दैनिक नेपालसँग भने – ‘म निर्दोष छु, मैले डुबेको संस्था जोगाउन प्रयत्न गरेको हो । गलत रुपमा ऋण दिइएको छ भने पनि मेरो संलग्नता छैन ।’

धिताल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । उनी गत महाधिवेशनमा केन्द्रीय सदस्यमा लडेर चुनाव हारेका थिए । धिताल लमजुङबाट सांसदको समेत आकांक्षी थिए । तर, टिकट पाएनन् । एनसीसी बैंकसँग गत बर्ष मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंकको २ सय करोड रुपैँया ऋण दुरुपयोग भएको खुलासा भएको थियो । जसमध्ये ४४ करोड रुपैँयामात्रै उठेको छ । बाँकी १५६ करोड रुपैँया उठ्ने अबस्था नदेखिएपछि राष्ट्र बैंकको अनुरोधमा सीआइबीले एनसीसीमा छापा मारेको हो । अहिलेसम्म धिताल र डिठ्ठाबहादुर तामाङसहित ३० जना पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा अधिकांश तत्कालिन एपेक्स बैंकका कर्मचारी छन् । मर्जरपछि उनीहरु एनसीसीमा कार्यरत थिए ।

सिआइबी प्रमुख पुष्कर कार्कीले १३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको दैनिक नेपाललाई जानकारी दिए । उनका अनुसार, अभियुक्तहरुमाथि बैंकिङ कसुर अन्तरगत कारबाही अगाडि बढ्नेछ । सीआइबीका अनुसार, एपेक्सका तत्कालिन अध्यक्ष धिताल र उच्च कर्मचारीले झापा, काठमाडौं लगायतका क्षेत्रमा धितोका लागि नक्कली जग्गा सिर्जना गरी ऋण दिएका थिए।

दैनिक नेपालबाट