Sunday 19th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

चलचित्र ‘भीमसेन’ बन्ने

Wednesday, March 14, 2018 National Power

काठमाडौं -चलचित्र ‘भीमसेन’ बन्ने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमबीच यो चलचित्रको घोषणा भएसँगै चलचित्र बन्ने भएको हो । युवी फिल्मस् ग्यालरीको तेस्रो प्रस्तुति चलचित्र ‘भीमसेन’ कमेडी, लभ र एक्सनप्रदान रहने निर्माणपक्षले जनाएको छ । भोमान कटुवालको निर्देशनमा बन्न लागेको यो चलचित्रको निर्माता कला राई रहेकी छन् । चलचित्रमा राजु किराती राईको द्वन्द्व निर्देशन, राजन ढुंगेलको संवाद, भोमन कटुवालको कथा, पवन गौतमको छायाँकन, अनिल महर्जनको सम्पादन र ओम सुनुवारको सङ्गीत रहने छ ।

संगीत बानियाँ, कोनिका घिमिरे, यादव देवकोटा ‘सरापे’, राजु कमेडी ‘रेम्बो’, अजिता पौडेल, कल्याण अधिकारी, धनराज सुब्बा, राजकुमार राई, महेन्द्रकुमार राईलगायतका कलाकारको अभिनय रहने यो चलचित्रमा अन्य कलाकारको छनोट भइरहेको भोमान कटुवालले बताए ।
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, वितरक गोपालकाजी कायस्थ, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, चलचित्र निर्माण युनिट, कलाकार तथा सञ्चारकर्मीहरुको उपस्थितिमा चलचित्रको शुभ मुहूर्त समेत गरिएको थियो ।
चैतको पहिलो हप्ताबाट छायाँकन गरिने चलचित्रलाई काठमाडौं आसपासका क्षेत्रमा छायाँकन गरिने छ ।