Tuesday 22nd June 2021

    उपत्यकाको निषेधाज्ञा : निजी सवारीमा जोर बिजोर, बारअनुसार पसल खुल्ने    इरान र विश्वका ६ शक्ति राष्ट्रबीचको वार्ता स्थगित    राइफलको गोली लागेर सेनाका जवान गम्भीर घाइते    बाढी र पहिरोमा परी एक सातामा १७ जनाको मृत्यु    मुस्ताङको भिडियो ट्वीट गर्दै डब्ल्यूएचओका महानिर्देशकले गरे स्वास्थ्यकर्मीको प्रशंसा

नेपाली रंगमञ्चमा उदाउँदै कुमार

Monday, March 12, 2018 National Power


काठमाण्डौ –  “केहि प्राप्त गर्ने अभिलाषा भन्दा पनि आफ्नै सन्तुष्टीका लागि समय व्यवस्थापन गरी – गरि यो क्षेत्रमा लागिरहेको छु ।”नेपाली रंगमञ्चमा उदाउँदै गरेका प्रचुर सम्भावना बोकेका कलाकार कुमार सिम्खडाको अभिव्यक्ति हो यो ।

बिगत ६ वर्षदेखि रंगमञ्च तथा हाँस्य टेलिसिरियलहरुको माध्यमबाट नेपाली कलाकारीतामा कृयाशिल कुमार नाम सुनेकै भरमा चिनिने अवस्थामा त पुगिसकेका छैनन् तर उनको निरन्तरता,लगन र कलाकारिता भने उल्लेख गर्न लायक छ।

धादिङ् जिल्लाको,कटुन्जेमा जन्मिएका उनि हाल सपरिवार राजधानी काठमाडौँमा छन् । त्रिचन्द्र कलेजमा समाज शास्त्र विषयमा स्नातकोत्तर तह दोश्रो वर्षमा अध्यायनरत कुमार ,अध्यायन,कलाकारिता र पेशा (पर्यटक पथ प्रदर्शक) लाई समानरुपले अगाडि बढाउने प्रयास गरिरहेका छन् ।

मोहन निरौला संग अभिनय कला सिकेका उनलाई जेबी रुवालीले औपचारिक अभिनय यात्रामा डोर्याएको बताउछन् । हाल रंगमंच र टेलिसिरियलहरुमा व्यस्थ भएपनि उनले रेडियो नाटकहरु पनि गरेका छन् । र रेडियो नाटकको सन्दर्भमा उनि रेडियो नेपालका तारा प्रसाद वस्ती प्रति निकै कृतज्ञ छन् कारण उनलाई रेडियो नाटकमा अवरस दिने पहिलो वक्ति मात्र नभई कलाकारिताका लागि आवश्यक साथ र हौसला दिने नजिक व्यक्ति पनि हुन् उनि ।

कुमारले, रंगमञ्चमा – ’बहुला काजीको सपना’ ‘निर्वान’ ‘पिडा आरोहण’ ‘लोकतन्त्र’ ‘अवान्तर’ लगायतका नाटकहरुमा शसक्त अभिनय गरिसकेका छन् । यसका अलवा,’छिद्र क्यानभास’ ‘चाँदिको घेरा’ ‘सम्बोधी’ मा व्याक स्टेजमा रहेर पनि काम गरेका छन् ।

रंगमन्चबाट सुरु भएको उनको अभिनय यात्राले टेलिभिजनका हाँस्य सिरियलहरुमा पनि राम्रै स्थान पाएको बताउँछन् । उनले धेरै थोरै, विभिन्न टेलिभिजनमा प्रशारण हुने, टेलिसिरियलहरु (‘जय होस’’हिजो आजको कुरा’’किलो टांगो माईक’ ‘हर्के हल्दार’ लगायतमा पनि अभिनय गरेका छन् ।

उनि भन्छन् – “संघर्ष र उत्तर चढाव त जहाँ पनि हुन्छ नै, त्यसका वावजुद पनि निरन्तर लाग्न सक्नु नै ठूलो कुरा हो, म त्यहि निरन्तर प्रयासमा छु ।” हाल उनि आफ्नै नाट्य समूह “सदभाव नाट्य समुह” मा आवद्द छन् र रंगमञ्चलाई अगाडि बढाउने प्रयत्न गरिरहेका छन् । यसका साथै अन्य नयाँ नाटकका साथ आउने तयारीमा जुटिरहेका छन् ।