Wednesday 27th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

सन्ध्या म्युजिकल लाइभ सोमा गायक पुस्कर सुनुवार र गायक चिरन्जिबीले धमाका मच्च्याए

Sunday, March 11, 2018 National Power

२७ फागुन,  काठमाण्डौ – गएको शनिबार २६ गते सन्ध्या फाउन्डेसन नेपालद्वारा आयोजित संध्या म्युजिकल लाइभ शो सम्पन भएको छ ।  संगीतकार महासंघका अध्यक्ष लक्ष्मण शेषको प्रमुख आतिथ्यतामा  सम्पन्न उक्त कार्यक्रममार सन्ध्या फाउन्डेसनका अध्यक्ष तथा गायक संगीतकार पुस्कर सुनुवार  सभापति  रहनुभएको थियो ।

कार्यक्रम क्रिष्टिना सुनुवार स्मृतिकोष स्थापनाको लागि गरिएको थियो  । कार्यक्रमबाट उठेको रकम क्रिष्टिना सुनुवार स्मृति कोषमा सन्ध्या फाउन्डेसनका अध्यक्ष सुनुवारले क्रिष्टिना सुनुवारका बाबु निरकुमार रुपाचा लाइ हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु गायक पुस्कर सुनुवार , चिरन्जिबी भण्डारी , नबिन सुनुवार , प्रदिप लामा , कृष्ण कट्टेल ,गगन प्रकाश लिम्बु ,भोजराज प्रसाईं, गायिका पुजा सुनुवार नेपाल आईडल मेनुका पौडेल , बबिता राईले आफ्नो गायकी मार्फत उपस्थित दर्शक स्रोतालाई नाच्न बाध्य बनाएकी थिइन् भने, गिनिज वोर्ल्ड रेकर्डेड डान्सर मनिष श्रेष्ठ ,अल ईन वन ग्रुप ,डान्सर तथा मोडल धिरज खत्री कबिता सुनुवार ,र नेपालि फिल्म झमक बहादुर टिमले उपस्थित दर्शक दिर्गामा रौनक बढाएका थिए ।

त्यसैगरी र चर्चित हाँस्य कलाकार यादव देवकोटा सरापले सबै दर्शकलाई सराप्दै पेट मिचीमिची हाँस्न बाध्य बनाए ।   कार्यक्रमलाइ माया सुनुवार अस्मिता धमला,र अनित बिष्टले संचालन गर्नु भएको थियो । ललितपुरको जावलाखेल फुटवल ग्राउन्डमा भएको सन्ध्या म्युजिकल लाइभ सो तथा बृहद सांस्कृतिक कार्यक्रममा दर्शकको ब्यापक उपस्थिति भएको थियो ।