Tuesday 3rd August 2021

    गीतकार खनालको मौलिक तीज गीत ‘छोरीको करिम’ सार्वजनिक    नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन नेपाल) को पाँचौ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न    तेश्रो नेपाल कल्चरल फिल्म फेष्टिवको मनोनयन सार्वजानिक    निर्मलालाई एक नारीको खुला पत्र : ‘नारी समाज फुटाउनेले समाज कसरी जोड्न सक्छ ?    विश्वभर फैलियो डेल्टा भेरियन्ट

ओली सरकारले देखेका यी हुन् तीन खतरा

Saturday, March 10, 2018 National Power

२६ फागुन , काठमाडौँ – समृद्धि र समाजवादको परिकल्पनासहित गठन भएको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले आफ्नो काममा आउन सक्ने सम्भावित जोखिममाथि अध्ययन थालेको छ । एमाले र माओवादीका शीर्ष नेता र मन्त्रीहरुवीच भविष्यमा आउन सक्ने सम्भावित जोखिममाथि अनौपचारिक तहमा छलफल थालेका हुन् । यस्ता अनौपचारिक छलफलमा सहभागी भएका एक शीर्ष नेताले  बताएका छन् ।

१–भ्रष्टाचारीबाट खतरा
ती नेताका अनुसार बामगठबन्धनको सरकारलाई भ्रष्टाचारीबाट सवैभन्दा ठूलो खतरा रहेको शीर्ष नेता र मन्त्रीहरुवीच छलफल हुन थालेको छ । पछिल्लो समय प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भ्रष्टाचार नियन्त्रण चुनौतिपूर्ण रहेको र अव सरकारले भ्रष्टाचारीलाई ठाँउको ठाँउ कारवाही गर्ने बताउँदै आएका छन् । पछिल्ला दुई साता यता प्रधानमन्त्री ओली र प्रचण्डले भ्रष्टाचार नियन्त्रण सम्बन्धी मुद्दालाई निकै जोडले उठाएका छन् । ती नेताका अनुसार भ्रष्टाचारीबाट सरकारलाई खतरा रहेको निश्कर्षपछि प्रधानमन्त्री ओली र प्रचण्डले यो विषयलाई जोडले उठाएका हुन् । म पनि भ्रष्टचार गर्दिनँ, गर्ने कसैलाई छोड्दिनँ स् प्रधानमन्त्री ओली
२–राजावादीबाट खतरा
झन्डै दुई तिहाई बहुमतसहित बामगठबन्धनको सरकार बनाएपनि शीर्ष नेताहरु ‘राजावादी शक्ति’ बाट आफ्नो सरकारमाथि खतरा देखेका छन् । रातोपाटीसँगको कुराकानीमा ती नेताले बताए अनुसार ‘राजवादीहरुले अव समस्या निम्ताउन सक्ने गरी गतिविधि गर्न सक्ने सूचना सरकारले पाएको’ छ । राजवादी शक्तिले हिन्दु राष्ट्रको मुद्दालाई बढी जोड दिएको छ । पूर्वराजा ज्ञानेन्द्र साह आफै पनि बेला बेला अभिव्यक्ति दिँदै आएको छ । पछिल्लो पटक प्रजातन्त्र दिवसका दिन शाहले विज्ञप्ती जारी गर्दै चुनाव गर्नुमात्र प्रजातन्त्र नभएको टिप्पणी गरेका थिए । उनले त्यसभन्दा अगाडि लखनउ पुगेर भाजपाका कट्टरपन्थी नेता समेत रहेका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट पनि गरेका थिए ।पूर्वराजाको सन्देशः ‘निर्वाचनलाई मात्र प्रजातन्त्र नठानौं’
३–विप्लवको पार्टी
नयाँ सरकारले विप्लप नेतृत्वको नेकपालाई पनि आफ्नो सरकारको मिसनमा अवरोध सृजना गर्न सक्ने शक्तिका रुपमा हेरेको छ । विप्लवको घरमा पक्राउ पुर्जी टाँस गरेपछि सरकार र विप्लवको पार्टीवीचको तनाव बढ्न सक्ने आकलन गरिएको छ । चुनाव बहिस्कार गरेको विप्लवको पार्टीले अहिले अर्धभूमिगत रुपमा संगठन चलाएको छ ।

विप्लवले माखो मार्दैनन् :  प्रचण्ड
विप्लवका गतिविधिले शान्ति सुरक्षा प्रभावित हुने र त्यसले विकास तथा समृद्धिका काममा प्रभावित हुने सरकारको बुझाई छ । केही दिन अगाडि प्रचण्डले विप्लवले माखो मार्दैनन् भन्ने अभिव्यक्ति दिएका थिए । त्यसबाहेक प्रधानमन्त्री ओलीले पनि विप्लवको नामै नलिइ वार्तामा आउन आग्रह गरेका थिए ।

रातोपाटीबाट