Saturday 31st July 2021

    ओलम्पिकको एकै संस्करणमा जापानले जित्यो अहिलेसम्मकै धेरै स्वर्ण    खिर खाएर साउन १५ मनाइँदै    बागमती प्रदेशका कोरोनाबाट हालसम्म ४ हजार बढीको मृत्यु    जोशी एन.आर.एन.ए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लु को प्रदेश सहसचिव पद को उमेदवार    एमसिसी बिरुद्ध माईतीघरमा उर्लिए बीर गोर्खाली

गायक मोहन खड्का र गायिका सिर्जना चेपाङको “ धुरु धुरु रुनु पर्ला नी ” ( भिडियो सहित )

Friday, March 9, 2018 National Power

२५ फागुन ,काठमान्डौँ – भावना म्युजिक सोलुसनको प्रस्तुतिमा रमेश रिमालाको लोकदोहोरी गित “ धुरु धुरु रुनु पर्ला नी ” युटुव मार्फत बजारमा आएको छ । मायालुले आफनो भावनालाई बुझेको भए पागल बन्नु नपर्र्ने कुरा गित मार्फत ब्यक्त गरिएको छ । एक अर्काले आपसी रुपमा माया नबुझदा विछोड जस्तो अवस्थाको सामना गर्नुपर्ने कुरा गितमा ब्यक्त गरिएको छ ।

आशुँ र विछोडको अवस्थामा आपसीमा हुने मार्मिक व्यथालाई कलात्मक रुपमा भिडियोमा देखाइएको छ । रमेश रिमाल र अञ्जली अधिकारीद्धारा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भए सगै अत्याधिक चर्चाको शिखरमा रहेको निमार्ण पक्षले जनाएको छ ।सन्देशमुलक यस गीतमा गायक मोहन खड्का र गायिका सिर्जना चेपाङको सुमधुर आवाज रहेको छ ।

राजेन्द्र खड्काको शब्द र गायक मोहन खड्काले नै गीतमा लय भरेका छन् । सुरेश श्रेष्ठले खिचेको उक्त भिडियो लाई कपिल लामाले निर्देशन गरेका हुन् । भिडियो भावना म्युजिक सोलुसनले बजारमा ल्याएको हो । विछोडका मर्मिक भावहरुलाई समेटेर नेपाली लोक गित संगितको विकाशमा सहयोग पुयाउने अपेक्षाका साथ गित ल्याएको प्रस्तुतकर्ता रमेशले बताए । “ धुरु धुरु रुनु पर्ला नी ” गितको भिडियोलाई अमर शाक्यले सम्पादन गरेका हुन ।

हेर्नुहोस भिडियो