Sunday 19th January 2025

    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक    ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

उम्मेदवारी दिन विद्या भण्डारी आफैं जाने, राष्ट्रपतिबाट राजीनामा दिनु नपर्ने

Wednesday, March 7, 2018 National Power

२३ फागुन, काठमाडौं – राष्ट्रपति पदको उम्मेवारी दर्ताका लागि बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारी आफैं जाने भएकी छन् । नेकपा एमालेले भण्डारीलाई पुनः राष्ट्रपति बनाउने निर्णय मंगलवार मध्यरातमा गरेको थियो । उम्मेदवारी दर्ताका लागि विहान १० देखि २ बजेसम्मको समय तोकिएको छ र संसद भवनमा निर्वाचन कार्यालय खोलिएको छ ।

उम्मेदवारी दर्ताका लागि भण्डारी आफैं जाने तय भएको शीतल निवास स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीले उम्मेदवार दिनुअघि राजीनामा गर्नुपर्ने कि नपर्ने भन्ने प्रश्न उठाठेको छ । तर, ‘हेड अफ द स्टेट कहिल्यै पनि खाली नहुने भएकाले उम्मेदवारी दिँदा राजीनामा दिनुनपर्ने भएको शीतल निवास स्रोतले बताएको छ ।

भण्डारीको उम्मेदवारी मनोनयनका क्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेता पनि उपस्थित हुनेछन् । राष्ट्रपतिको प्रस्तावक र समर्थक नै शीर्ष नेता बस्ने तयारी छ ।