Monday 14th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

विधानसभा मतगणनाको प्रारम्भिक रुझानः तीनै राज्यमा बीजेपीलाई चुनौती

Saturday, March 3, 2018 National Power

१९ फागुन, काठमाडौं – गत फेब्रुअरीमा भारतको पूर्वी राज्यहरु त्रिपुरा, मेघालय र नागालैंडमा भएको विधानसभा चुनावको मतगणना सुरु भएको छ । शनिबार बिहान ८ बजेदेखि सुरु मतगणनाको प्रारम्भिक रुझानमा भारतको प्रमुख सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी) ले त्रिपुरा राज्यमा मात्रै अग्रता बनाएको छ । टाइम्स अफ इन्डियाका अनुसार, मेघालयको ६० सिटमध्ये ४५ सिटमा भइरहेको पछिल्लो गणनामा आईएनसीले २० सिटमा अग्रता लिएको छ । एनपीपीले १६ स्थानमा लिड गरिरहँदा बिजेपीका उम्मेदवार मात्रै ५ स्थानमा अगाडि छन् ।

नागाल्यान्डमा नागा पिपुल्स फ्रन्ट (एनपीएफ) नेतृत्वको गठबन्धनलाई अग्रता मिलेको छ । एनपीएफ गठबन्धनले २९ सिटमा लिड गरिरहँदा बिजेपी–एनडीपीपी गठबन्धनले २३ मा अग्रता बनाइरहेको छ । टाइम्स अफ इन्डियाका अनुसार नागाल्यान्डमा आईएनसी र अन्य पार्टीले २–२ स्थानमा अगुवाइ गरिरहेका छन् ।

त्रिपुरा राज्यमा सीपीएमको सुरुवाती अग्रतालाई भत्काउँदै बीजेपी अगाडि लागेको छ । बीजेपीले २८ स्थानमा अग्रता बनाउँदा सीपीएमका २६ उम्मेदवारले लिड गरिरहेका छन् । पूर्वी भारतको मेघालय र नगालैंडमा गत २७ फेब्रुअरीमा निर्वाचन भएको थियो भने त्रिपुरामा १८ फेब्रुअरीमा मतदान भएको थियो । तीन राज्यका कूल १ सय ८० सिटका लागि भएको निर्वाचनमा ८ सय ५७ उम्मेदवार मैदानमा उत्रिएका थिए ।