Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

वैद्य, विप्लव र गोपाल किरातीको लाइन मिलेन

Wednesday, February 28, 2018 National Power

१६ फागुन, काठमाडौं – प्रचण्डको नेतृत्वमा रहेको माओवादीको मूल भंगालो एमालेसँग एकीकृत भए पनि माओवादीका तीनवटा समूह बाहिरै छुटेका छन् । तीमध्ये एउटाको नेतृत्व मोहन वैद्यले गरिरहेका छन् भने दोस्रो समूहको नेता नेत्रविक्रम चन्द विप्लव छन् । तेस्रो अर्थात कान्छो माओवादी समूहमा गोपाल किराती, लोकेन्द्र विष्ट र आहुतिलगायत छन् । हुन त नयाँशक्ति पार्टीका नेता डा। बाबुराम भट्टराई हुन् । तर, उनले माओवादी धार र कम्युनिष्ट लाइन नै परित्याग गरिसकेका छन् । यही कारण बाबुरामको पार्टी अब पूर्वमाओवादीका रुपमा रहेन ।

कतिपय मानिसलाई लाग्न सक्छ कि पूर्वमाओवादी नेता मोहन वैद्य, विप्लव र गोपाल किरातीहरुको समूहबीच अब एकता हुनेछ र पुनर्गठित माओवादी धार कम्युनिष्ट विकल्पमा रुपमा अगाडि आउनेछ । तर, मानिसहरुको यो अनुमान तत्कालका लागि सही सावित नहुने भएको छ । किनभने वैद्य, विप्लव र किरातीब्ीच आपसमा राजनीतिक लाइन मिल्न सकेको छैन ।

कहाँ मिलेन लाइन ?

माओवादी र एमालेब्ीचको एकताको विरोध गर्दै माओवादी पार्टीको पुनर्गठन गरेका गोपाल किराती (साइँला० लाई हामीले सोध्यौं ‘अब तपाईहरु र मोहन वैद्य अनि विप्लव समूहब्ीच एकता हुने सम्भावना कत्तिको छ रु

जवाफमा पुनर्गठित माओवादीका नेता किरातीले अनलाइनखबरसँग भने( ‘उहाँहरुसँग तत्काल कार्यगत एकतामात्रै हुने भो, पार्टी एकता गर्ने वा मिसिने कुरा अहिले सम्भव भएन ।’

किन नि ?

अनलाइनखबरको प्रश्नको जवाफमा किरातीले अगाडि भने ‘हाम्रो लाइन मिलेन । वैद्यजी नौलो जनवाद नछाड्ने, विप्लवजी पहिचानको मुद्दा स्वीकार नगर्ने, अनि कसरी पार्टी एकता हुन्छ रु हामी माओवाद र पहिचानलाई साथै लिएर अघि बढ्न चाहन्छौं ।’ तर, तत्काल पार्टी एकता नभए पनि विप्लव र वैद्यहरुसँग संयुक्त मोर्चा बनाएर अघि बढ्ने किरातीले बताए ।

पूर्वराजावादी र पूर्वमाओवादीको एउटै रोग

त्यसो त गणतन्त्र आइसकेपछि राजतन्त्र फर्काउने भन्दै पूर्वराजावादीहरुले धेरैवटा पार्टी र समूह बनाए । तर, उनीहरु कहिल्यै आपसमा मिलेनन् ।भरतकेशर शाहदेखि कमल थापासम्म, अनि लोकेन्द्रबहादुर चन्ददेखि केशरबहादुर विष्टसम्म सबैले राजतन्त्रकै वकालत गर्थे । तर, उनीहरु आपसमा मिल्न सकेनन् र नयाँ संविधान निर्माणपछिको पहिलो चुनावसम्म आइपुग्दा राजावादीहरु समाप्त भए ।

पूर्वमाओवादी समूहमा पनि पूर्वराजावादीमा जस्तै रोग देखिएको छ । उनीहरु विभिन्न ‘जार्गन’ का आधारमा मतभेद देखाउँदै फुट्ने गरेका छन् ।जस्तो कि वैद्य र विप्लव आफैं मिल्न नसकेर चोइटिएका छन् । अब गोपाल किराती, लोकेन्द्र विष्ट र आहुतिहरु पनि माओवादीको पुनर्गठन गर्ने भने पनि लाइन नमिलेको बताउँदै अर्कै चुल्हो चौको जोरजाम गर्ने तयारीमा लागिसकेका छन् ।

अखिल क्रान्तिकारीबाट ‘पुनर्गठन’ सुरु

यसैवीच गोपाल किराती समूहले बुधबार राजधानीमा अखिल क्रान्तिकारीको राष्ट्रिय भेला बोलाएको छ । माओवादी केन्द्रमा रहेका अखिल क्रान्तिकारीका नेता कार्यकर्ताहरुले एमालेसँगको एकतालाई अस्वीकार गर्दै राष्ट्रिय भेलाको आयोजना गरेको किरातीले बताए ।

किरातीले उनले भने( ‘माओवादी केन्द्रको पुनर्गठन विद्यार्थीबाट सुरु गरियो । आजको भेलाले अखिल क्रान्तिकारीको केन्द्रीय नेतृत्व निर्माण गर्छ । त्यसपछि क्रमशः अरु जनवर्गीय संगठनहरु पनि बन्दै जानेछन् ।’

किराती समूहले अर्घाखाँचीका आलोक रायमाझीको नेतृत्वमा समानान्तर अखिल क्रान्तिकारी बनाएको छ । काठमाडौंको होटल प्लाटिनममा आयोजित विद्यार्थी संगठनको समानान्तर भेलामा वैद्य समूह र विप्लव समूहका नेताहरुलाई समेत निम्त्याइएको छ ।

एमाले र माओवादी केन्द्रवीचको एकतापछि आफूसँग देशैभरीबाट माओवादी कार्यकर्ताले सम्पर्क गरिरहेको किरातीले बताए । उनले उत्साही हुँदै भने( सुरुमा त पुनर्गठनको पक्षमा दुईरचारजना मात्रै भइएला भन्ने लागेको थियो, तर हाम्रो पार्टी पनि अहिले नै वैद्यजीको जत्रै पो होलाजस्तो छ ।’     अनलाईनबाट