Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

रेशम चौधरीले अदालतसामू गरे आत्मसमर्पण

Monday, February 26, 2018 National Power

१४ फागुन, धनगढी – टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीले अदालतसामू आत्मसमर्पण गरेका छन् । चौधरी सोमबार जिल्ला अदालत कैलालीमा हाजिर भएका हुन् । फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टीबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरी भारी मतान्तरले विजयी भएका थिए । तर, चुनाव जितेको प्रमाणपत्र पाएका छैनन् ।

वारेसमार्फत विजयी भएको प्रमाणपत्र पाउनु पर्ने माग गर्दै चौधरी सर्वोच्चसम्म पुगे पनि उनको माग अनुसार आदेश भएन । ७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या भएको थियो । घटनाको मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा परेपछि उनी फरार छन् ।

चौधरीले भने आरोप अस्वीकार गर्दै आएका छन् । घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका अर्का थारु नेता लक्ष्मण चौधरी अहिले जेलमै छन् ।