Tuesday 10th December 2024

    गढीमाई मेलामा दर्शनार्थीको घुइँचो    गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक    पैसाको कमी र यौन असन्तुष्टीका कारण पति-पत्नीको सम्बन्ध कमजोर हुन्छन्    हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै

परेली भित्र लुकाई राखे सधैंका लागि आँशु दिएर गई

Sunday, February 25, 2018 National Power



परेली भित्र लुकाई राखे सधैंका लागि आँशु दिएर गई
 मुटु भित्र लुकाई राखे मुटु नै छिया छिया बनाई गई
 दुई थोपा आँशुको त के मोल नै रहयो र .........
 हाँसी हाँसी उ त पराईको हाथ समाएर गई
 हाँसी हाँसी उ त पराईको हाथ समाएर गई........

हास्ने र हसाउने जिन्दगीको रितमा फोस्रो प्रित उनेर गई
 दुई पलका सपना साटेर यहाँ रंगमचको पर्दामा नाटक रचेर गई
 अरु त के के गरि जिन्दगीमा त्यो मोरीले थाहा भएन
 अब त आधा मात्र साँस चल्ने बनाई छोडेर गई.....
 अब त आधा मात्र साँस चल्ने बनाई छोडेर गई                                              
                                                                      नवु सत्याल                          
परेली भित्र लुकाई राखे सधैंका लागि आँशु दिएर गई
 मुटु भित्र लुकाई राखे मुटु नै छिया छिया बनाई गई
                                                                  
कसैले नजानेको जस्तै गरेर गई....
 एकोहोरो उसलाई हेर्ने नजर अरुका माझ दोषी बनाई गई
 तिमी हिडने बाटो भरी फुलै फुल ओच्छयाउछु भन्थी मोरीले
 तर आज बाटा भरी काँडै काँडा रोपेर गई
 तर आज बाटा भरी काँडै काँडा रोपेर गई

परेली भित्र लुकाई राखे सधैंका लागि आँशु दिएर गई
 मुटु भित्र लुकाई राखे मुटु नै छिया छिया बनाई गई

सुकाई घोक्रो सबैका माझ निश्चल प्रेम गर्छु भन्थी
 आज सबैको माझ आफनो औकात देखाई गई
 राम्रो र स्वच्छ मन छ ठानेको त उसमा....
 तर उसैले जिन्दगीका हर खुशी लुटेर गई
 तर उसैले जिन्दगीका हर खुशी लुटेर गई........

परेली भित्र लुकाई राखे सधैंका लागि आँशु दिएर गई
 मुटु भित्र लुकाई राखे मुटु नै छिया छिया बनाई गई

तिमी भन्थ्यौं आकाश का जुन
 झारेर ल्याई दिन्छु तिम्रा लागि
 तर मेरा लागि ति जुननै किन
 जहाँ मेरा हर दिन हर रात तिमीनै जुन भाकी थियौं
 तिमी भन्थ्यौ ओठमा लाली
 भरेर ल्याई दिन्छु तिम्रा लागि
 जहाँ मेरा ओठका लालीनै तिमी थियौं

तर “जुन” अन्धकारको बस्तीमा दियो
 बाल्नु भन्दा निभाउने भेटिदा रहेछन यहाँ
 ओठको लाली छर्नेको त के कुरा
 पाए अरु लाई आँशु दिई आफना संसार
 सजाउनेहरु भेटीदा रहेछन आज यहाँ

हो ओठका मुस्कान कुनै पल दिएकी थियौं
 त्यो बेला पालुवा पलाएका थिए
 मेरा पनि जिवनमा तिमी सँगै
 आकासका जुन का त के कुरा तिमी नै मेरा जिन्दगीकी
 जुन नै भएकी थियौ कुनै बेला तर
 तर आज तिमी ले न जुन झै जुनेली भई बाँच्न दियौ
 न आज ओठमा मुस्कान भर्न नै दियौ
 अनि अझै पनि भन्छौ
 फेरी पनि म तिम्रा लागि माया बनेर आउछु
 तिम्रा भत्केका घर भित्र म पनि रमाउछु
 तिमी लाई माया दिन्छु सायद कसैले नदिएका होलान
 तिम्रा संसार सजाउछु सायद तिमीले नसोचेका होलाउ
 अनि तिमीलाई यो संसार देखि टाढा लिएर जान्छु
 जहाँ तिमी ले