Thursday 6th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

राज के गोस्वामीको रंग बिनाको होली सार्वजनिक

Saturday, February 24, 2018 National Power

१२ फागुन, काठमाडौं –  गायक राज के गोस्वामीको गीत रंग बिनाको होली सार्वजनिक भएको छ। शुक्रबार युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो । गीतमा किरण भण्डारीको शब्द संगीत रहेको छ। गीतको एरेन्ज पनि किरणले नै गरेका हुन्।

प्रेमीका विनाको आफ्नो सादा जीवनलाई रंग विनाको होलीसँग तुलना गरेर देखाउन खोजिएको उक्त गीतको भिडियोमा अनिल थापा र सुरक्षा पन्त फिचरिङ छन्।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा राजिप समरको नृत्य निर्देशन रहेको छ। मिलन शंकरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।