Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

सेवाग्राहीको मन जित्न सफल मेघा अस्पताल

Saturday, February 24, 2018 National Power

१२ फागुन,काठमाण्डौ – आपतकालिन सेवाका साथै अन्य स्वास्थ्य सेवा सम्बन्धी विभिन्न किसिमका रोगहरुको अत्याधुकि प्रविधिबाट उपचार गर्दै आईरहेको छ । चुस्त व्यस्थापन र दक्ष डाक्टरहरुका कारण अस्पतालले दिनानु दिन सेवाग्राहीहरुको मन पनि जितिरहेको छ ।

वि सं २०६७ सालमा स्थापना भएको मेघा अस्पताल प्रा.लि ले वितेका सात वर्षमा आफ्नो सेवाको क्षेत्रमा निकै ठुलो फट्को मारी सकेको छ र उच्च स्तरिय प्रविधिबाट विमारीहरुको उपचार गर्दै आईरहेको अस्पतालको उपचार शैली प्रति विमारी र तिनका आफन्तहरु पनि सन्तुष्ट देखिएका छन् ।
काठमाण्डौ चक्रपथ,धोबीघाटमा रहेको मेघा अस्पतालले हुने खानेहरुका लागि मात्रै नभई हुँदा खानेहरुको लागि पनि अर्थात् सबै प्रकारका हैसियत भएका विमारीहरुको लागि पनि उपचारमा सहज पहुँच पुर्याउदै आएको छ । साथै अस्पतालले विभिन्न समयमा सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले विविध किसिमका कार्यक्रमहरु पनि गर्दै आईरहेको छ ।

स्वाथ्य सेवा सुविधाका अलावा सर्जिकल र निदान सेवाहरु समेत प्रदान गर्दे आईरहेको छ । दक्ष तथा अनुभवी चिकित्सकहरुद्धारा देशको सबै भन्दा राम्रो स्वाथ्य सेवा प्रदान गर्ने सेवाग्राहीहरुको गन्तव्यका रुपमा समेत मेघा रहदै आईरहेको छ ।