Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

रिङ रेस्लिङ्गको लाइभ डिसहोमको एक्सन स्पोर्ट्समा

Friday, February 23, 2018 National Power

११ फागुन, काठमाडौं – डिसहोम एक्सन स्पोर्ट्समा च्यानल नं। १०५ ले पोखरामा हुने आर डब्लु संग्राम नामक रिङ रेस्लिङ्ग प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेभएको छ । यसअघि पनि यो च्यानलले काठमाडौंमा भएको रिङ रेस्लिङ्गको प्रत्यक्ष प्रसारण गरेको थियो ।

यही फागुन १८ गते हुने प्रतियोगीता नेपाल रिङ रेस्लिङ संघ तथा डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य र डबल एस प्रा।लि।को व्यवस्थापनमा हुन लागेको हो । यसको संयोजकत्वमा भने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति रहेको छ । विभिन्न खेलकुदसम्बन्धी कार्यक्रम तथा प्रत्यक्ष प्रसारण गर्दै आएको यो च्यानलले यसपटक पनि प्रत्यक्ष प्रसारण गरी आफ्ना दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने जनाएको छ ।

पोखरा रंगशालामा आयोजना हुने उक्त प्रतियोगितामा ४ देशका रेस्लरहरुको सहभागिता रहने छ । प्रतियोगितामा नेपालको तर्पmबाट नुवाकोटे टाइगर, ठाकु, डभिड, साइन, ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी, अमेरीकाको प्रो–रेस्लर गेमर, भारतका मास्कम्यान, ड्यानी, आरडीएक्स, ज्याक्स र नोलले प्रतियोगितामा सहभागिता जनाउने आयोजकको भनाइ छ ।

महिला रेस्लरहरु पनि प्रतियोगीताको आकषर्णको रुपमा रहनेछ । प्रतियोगितामा नेपालकी महिला रेस्लर दिलाशा र रुसकी मेफिस्तोबीच प्रतिस्पर्धा हुनेछ ।