Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

मन्त्रिपरिषद्को निर्णय : १८ वटा मन्त्रालय रहने, राजनीतिक सल्लाहकारमा रिमाल

Friday, February 23, 2018 National Power

११ फागुन,काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा एमाले नेता विष्णु रिमाल नियुक्त गरेका छन् ।

शुक्रबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले एमाले पोलिटव्युरो सदस्य समेत रहेका रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै, मन्त्रिपरिषद बैठकले केन्द्रमा प्रधानमन्त्रीको कार्यलयसहित १८ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको छ ।

यसअघि, एमाले माओवादीको सहमतिमा प्रधानमन्त्रीको कार्यलयसहित १८ वटा मन्त्रालय कायम गर्ने सहमति भएको थियो । सोही सहमतिलाई आज बसेको मन्त्रिपरिषद बैठकले पारित गरेको हो ।