Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

जलजला सहयोगार्थ कार्यक्रम चितवनमा सम्पन्न, संकलित रकम पिडितले पाईन

Thursday, February 22, 2018 National Power

१० फागुन, काठमाडौं – दुवै मृगौला खराब भएर अस्पतालमा उपचार गराइरहेकी गायिका जलजला परियारको आर्थिक सहयोगार्थ चितवनमा सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । आर्थिक स्थिति कमजोर भएर उपचार गराउन अत्यन्त कठिन भईरहेको अबस्थामा मृगौला रोगबाट पिडित गायिका जलजला परियारको आर्थिक सहयोग संकलनका लागि कार्यक्रमको आयोजना गरिएको थियो ।

बेटर चितवन, मिस एसइइ स्टार चितवन तथा लिओ क्लब अफ नारायनगढ चितवनले संयुक्त रुपमा आयोजना गरेका उक्त सास्कृतिक कार्यक्रममा एक लाख त्रिचालीस हजार एक सय पैतीस रुपैया संकलन भएको थियो । कार्यक्रमबाट उठेको सम्पुर्ण रकम मृगौला पिडित परियारलाई हस्तान्तरण आयोजक कमिटीले हस्तान्तरण गरेको जानकारी गायिका एन्जिला रेग्मीले बताइन । उक्त सहयोगार्थ सास्कृतिक कार्यक्रममा गायिका एन्जिला रेग्मी, गायक अफ्सर अलि, गायक भुवन प्यासी, गायक सुजन चापागाई, गायक महेन्द्र बराल, रोन्जै ,एनएमजी ब्याण्ड तथा गायिका सुजाता पाण्डे, विद्या तिवारी लगायतले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा उल्लेख्य रुपमा दर्शक सहभागिता रहेको जानकारी यस कार्यक्रमका व्यबस्थापन निकेश बरालले दिए । गायिका परियारलाई कार्यक्रम आयोजनाका अभियानकर्ता मध्ये कि एक गायिका एन्जिला रेग्मीले यस अघि नै आफ्नो व्यक्तिगत तर्फ बाट रु, बिस हजार नगद सहयोग गरेकी थिईन ।

गायिका ,एन्जिला रेग्मी