Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न ।

Wednesday, February 21, 2018 National Power

९ फागुन,काठमाण्डौ – नेकपा (माले) केन्द्रीय शिक्षा विभागको आयोजनामा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमहरू सम्पन्न भएका छन् । प्रदेश नं. ६ को अस्थायी राजधानी विरेन्द्रनगरमा गत माघ २६/२७ गते प्रदेशस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी स्थायी कमिटी सदस्य एवम् केन्द्रीय शिक्षा विभाग प्रमुख कुमार बेलबासेको उपस्थितीमा सम्पन्न उक्त प्रशिक्षणमा पार्टीको उन्नत कार्यपद्दति, वर्तमानमा संगठन तथा संघर्षको कार्ययोजना, संघीय संरचनामा पार्टी कमिटीको सञ्चालन, वर्तमान राष्ट्रियरअन्तर्राष्ट्रिय स्थिति, नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, पार्टीको प्रचारकार्य, पार्टी कोषको वृद्धि तथा परिचालन आदि १० वटा विषयमा प्रशिक्षण दिईएको थियो ।


पार्टी केन्द्रीय कमिटीका सदस्य, ६ नं. प्रदेश कमिटी सचिव पूर्व मन्त्री मानबहादुर शाहीको अध्यक्षता र केकस तथा प्रदेश कमिटीका सचिवालय सदस्य बलबहादुर गिरीको सञ्चालनमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय कमिटीका सदस्य तथा अन्तर्राष्ट्रिय विभाग सदस्य  ओम अर्याल तथा केन्द्रीय कमिटीका सदस्य तथा संगठन तथा अनुशासन विभाग सदस्य माधव केसी रहनु भएको थियो ।
प्रशिक्षण कार्यक्रममा प्रदेश अन्तर्गतका जिल्ला कमिटीका सचिवहरू, राष्ट्रिय परिषद सदस्यहरू, गत निर्वाचनका प्रतिस्पर्धी पार्टी उमेदवारहरू र विभिन्न वर्गीय तथ जनसंगठनका जिल्ला कमिटीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रशिक्षण कार्यक्रम सम्पन्न भए पश्चात् प्रदेश कमिटीको आयोजनामा विरेन्द्रनगर चोकमा जनसभा समेत सम्पन्न गरिएको थियो । जनसभालाई संबोधन गर्दै पार्टी प्रवक्ता एवम् पूर्व मन्त्री कुमार बेलबासेले पार्टी संगठनका तीनवटै तहका कमिटीहरूले अबका दिनमा प्रभावकारी रचनात्मक विपक्षको भूमिका वहन गर्ने बताउनुभयो । वहाँले वर्तमान सरकार सत्ता,भत्ता र वैदेशिक तावेदारीमा लिप्त रहेकोले जनताका समस्या तथा राष्ट्रियताका समस्याहरू निराकरण गर्न नसक्ने ठोकुवा गर्नु भयो ।

नेकपा (माले) अबको वैकल्पिक क्रान्तिकारी राजनीतिक शक्ति बन्ने बताउँदै  बेलबासेले नेकपा (माले) का क्रान्तिकारी तथा नेपाल चिन्तनयुक्त विचार वरिपरि एक गठ हुन मुलुकका सबै कम्युनिस्ट, वामपन्थी, लोकतन्त्रवादी र देशभक्त शक्ति एवम् व्यक्तिहरूलाई आह्वान गर्नु भयो । जनसभालाई मानबहादुर शाही, ओम अर्याल, माधव केसी र बलबहादुर गिरीले पनि सम्बोधन गर्नु भएको थियो ।