गलत खानपान, वोसोयुक्त खानेकुराको सेवन तथा पानीको कम सेवनका कारण कब्जियतको समस्या हुने गर्छ । कब्जियत भएमा पेट सफा हुँदैन र पेटको फोहर बाहिर निस्कदा मलद्वारमा पिडा हुने गर्दछ । धेरैले कब्जियतलाई सामान्य रुपम लिन्छन् । तर समयमै उपचार नगरेको अवस्थामा आन्द्रा सम्बन्धी गम्भीर समस्या निम्त्याउने भएकाले समयमै सर्तक हुन जरुरी छ । शरीरमा रेशेदार तथा फाइबरयुक्त खानेकुराको कमी भएमा कब्जियत हुने गर्दछ । त्यसैले, हामीले सेवन गर्ने खानामा यस्ता खानेकुरा सामेल गर्न जरुरी छ, जसमा भरपूर मात्रामा फाइबर पाइयोस्, जुन यस प्रकार छ –
ओट्स
ओटमील तथा ओटको चोक्करमा पर्याप्त मात्रामा फाइबर रहेको हुन्छ । यसमा रहेको डायटरी फाइबरले पाचनतन्त्रलाई चुस्त दुरुस्त अवस्थामा राख्नमा मद्दत गर्छ । बिहान ग्यास, एसिडिटी तथा कब्जियतको समस्या हुने गर्छ । बिहानको नास्तामा ओट तथा ओटमीलको नियमित सेवनले यस्ता समस्याबाट चाडै छटकारा पाउन सकिन्छ ।
हरियो साजसब्जी
हरियो साजसब्जीमा पनि प्रशस्त मात्रामा फाइबर हुन्छ । यसको नियमित सेवनले कब्जियत तथा अपच जस्ता समस्या स्वत कम भएर जान्छ ।विशेषगरी यस्ता हरिया साजसब्जीमा, पोटासियम, म्याग्नेसियम तथा आइरन जस्ता तत्व समेत पाइन्छ, जुन शरीरका लागि फादाजनक छ ।
केरा
रेशेदार केरामा भरपूर मात्रामा फाइबर रहेको हुन्छ । जुनसुकै मौसममा पनि पाइने केरामा पोटासियम, आइरन, लगायतका अन्य धेरै पोषकतत्व रहेको हुन्छ, जसले पाचन प्रक्रिया बढाउन मद्दत गर्छ ।केरामा पेक्टिन नामक विशेष किसिमको फाइबर पाइन्छ, जसले खानाको कारण पेटमा हुनसक्ने गडबडीलाई रोक्छ ।
नाशपाती
नाशपातीको सेवन पनि पेटको लागि फाइदाजनक मानिन्छ । नाशपातीमा पनि भरपूर मात्रामा फाइबर हुन्छ । यसमा स्याउमा पाइने भन्दा आठ गुणा बढी सर्विटोल पाइन्छ । साथै , यसमा पनि पेक्टिन नामक तत्व पाइन्छ, जसले पेट सम्बन्धि समस्या हुनबाट जोगाउँछ । नाशपातीलाई जुसको रुपमा तथा पिसेको नुन, खुर्सानीसित चोपेर पनि खान सकिन्छ ।
जामुन
जामुनमा भरपूर मात्रामा फाइबर पाइन्छ । अर्थात झण्डै एक कप जामुनमा करिब आठ ग्राम फाइबर पाइन्छ । जसका कारण यसको सेवनले कब्जियत तथा कलेजो सम्बन्धि समस्या त हट्छ नै, यसको सेवनले शरीरमा कयौ किसिमको विटामिन तथा एन्टीअक्सिडेन्ट तत्वको प्रवाह गर्छ, जसले कयौ गम्भीर रोगहरुबाट समेत बचाउन मद्दत गर्छ ।