Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

छायाँछवि काव्य शृङ्खला –५ सम्पन्न

Tuesday, February 20, 2018 National Power

८ फागुन, काठमाडौं – विगत पाँच महिनादेखी छायाँछविको आयोजनामा हुदै आइरहेको साहित्यिक कार्यक्रमको फागुन संस्करण पनि सम्पन्न भएको छ । प्रजातन्त्र दीवस अर्थात फाल्गुन ७ को अवसर पारेर गरिएको यो शृङ्खलामा विपिन सलामीका जोशीला गजल एवं रञ्जना निरौलाका आकर्षक कविता वाचन गरिएका थिए ।
कार्यक्रमको प्रारम्भ गर्दै छायाँछवि काव्य शृङ्खलाकी संयोजक रश्मि रोदनले आफ्नो मुक्तकबाट प्रजातन्त्र दिवसको उपलब्धी टीप्पणी गरेकी थिइन् । मुक्तककार एवं गजलकार रश्मि रोदनले छायाँछवि काव्य शृङ्खला साहित्य, चलचित्र र संगीतको त्रिवेणी भएपनि यसलाई हामीले एकाकार गर्न खोजेको बताएकी थिइन् । रोदनले यस्तो खाले साहित्यिक कार्यक्रमले थोरै–धेरै जे भएपनि साहित्यिक योगदान गर्ने विश्वास व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले छायाँछवि काव्य शृङ्खलाको योगदानका बारेमा प्रष्टाए । श्रष्टालाई मञ्च प्रदान गरेर नयाँ–पुराना श्रष्टालाई एकैठाउँ राखीनु र चलचित्र, संगीत एवं साहित्यको एउटै आयाम बनाउन छायाँछवि लागि परेको वताए ।


कार्यक्रमका स्रष्टा विपिन सलामीले जोशीला खालका करिव एक दर्जन गजलहरु सुनाए ।
म बगीरहेछु खोलाको पानी जस्तै
बाध मलाई कुलेखानी जस्तै ।

कसैले कठपुतली झै देश नचायो
यो गल्ती मेरो होइन अखवारको हो ।
सामाजीक, यथार्थपरक, श्रृंगारिक सबै प्रकारका गजल सलामीले सुनाएका थिए । उनले गजल सुनाउदा माहौल निकै जमेको थियो ।
कार्यक्रमकी अर्की श्रष्टा रञ्जना निरौलाले पनि जोशीला कविता सुनाइन् । उनले कवितामा आमा–आफू र छोरीको फरकलाई समेत उतारीन् ।
निर्धक्क म उसको काखमा राखेर शीर
अनन्त महशुष गर्छु म
मुस्काउछ सधै उ
रीसाउन जान्दै जान्दैम
यसैले म उसलाई प्रेम गर्छु ।

यी र यस्तै प्रेमील सामाजीक, विविध आयामका करिव १ दर्जन कविता रञ्जना निरौलाले सुनाएकी थिइन् ।
कार्यक्रम प्रति विपिन सलामी र रञ्जना निरौलाले आभार प्रकट गरे ।
बागबजारको सिटीम्याक्स हलमा भएको कार्यक्रममा विशिष्ट अतिथीको रुपमा हाँस्य कलाकार एवं निर्देशक दीपाश्री निरौला एवं गजलकार, गीतकार तथा एनीमेटर, सम्पादक करुण थापा थिए । कार्यक्रममा बोल्दै दीपाश्री निरौलाले मुक्तक समेत सुनाएकी थिइन् । उनले यसखाले साहित्यिक कार्यक्रममा आउन पाएकोमा औधी खुशी लागेको बताइन् । कार्यक्रममा अर्का विशिष्ट अतिथी करुण थापाले साहित्यिक यस्ताखाले असियानले आफ्नो ठाउँमा योगदान हुने बताए ।
छायाँछवि काव्य शृङ्खलाको छैठौं सिलसीला चैत्रको १७ गते गरिने कार्यक्रम संयोजक रश्मि रोदनले जानकारी गराइन् ।