Tuesday 18th June 2024

    ईनास मेरिल्याण्डले आयोजना गरेको बनभोज तथा भेटघाट कार्यक्रम    नेपाल चलचित्र कलाकार संघको विचार गोष्ठि भव्यरुपमा सम्पन्न    ३९ विधामा र ६२ अवार्ड प्रदान गर्दै ओप्सना म्युजिक अवार्ड २०२४ सम्पन्न    १२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन    नेपालका ओझासहित विश्वभरबाट ३१ विश्व कविहरूलाई ‘पोएट अफ नेचर अवार्ड’

माटोले पुरिएर सासूबुहारीको मृत्यु

Monday, February 19, 2018 National Power

७ फागुन, संखुवासभा – संखुवासभा जिल्लाको मादी नगरपालिका–४ स्थित डाँडागाउँमा रातोमाटो खन्ने क्रममा आज एकै परिवारका सासूबुहारीको घटनास्थलमा नै माटोले पुरिएर मृत्यु भएको छ ।

करिब ५० वर्षीय टीकादेवी शंकर र २० वर्षीया मनिषा विकको माटोले पुरिएर मृत्यु भएको हो । मृतकको लास चैनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको भए तापनि चिकित्सक आइनपुगेका कारण शवपरीक्षण हुन नसकेको इलाका प्रहरी कार्यालय, चैनपुरले जनाएको छ ।