Saturday 11th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

प्रदेश ६ मा मन्त्रालय बाँडफाटः ‘गृह’ माओवादीलाई, आर्थिक मामिला एमालेको भागमा

Sunday, February 18, 2018 National Power

६ फागुन, काठमाडौं – प्रदेश ६ मा एमाले र माओवादीवीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । भागबण्डा अनुसार एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित चार मन्त्रालय पाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय एमाले र माओवादी दुबैले दावी गरेका थिए ।

एमालेले आर्थिक मामिलासहित भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय पाएको छ । माओवादीले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय पाएको छ । मन्त्रालय भागबण्डा र मन्त्रीहरुको टुंगो नलाग्दा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नियुक्त भएको चार दिन वितिसक्दा पनि मन्त्रिमण्डल बिस्तार गर्न सकेका छैनन् ।

एमालेले अझै मन्त्रीको टुंगो लगाएन

मन्त्रालयको भागबण्डामा कुरा मिले पनि एमालेले अझै मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन । एमालेले मन्त्रीको टुंगो लगाउन नसक्दा मन्त्रिमण्डल बिस्तारमा अझै ढिलाइ हुने देखिएको छ । एमालेले भागमा परेका चार मध्ये एकजना मन्त्री समेत टुंगो लगाएको छैन । प्रकाश ज्वालालाई मन्त्रिमण्डलमा पठाउने चर्चा चलेपनि उनको नाममा समेत सहमति हुन सकेको छैन । ‘मन्त्रालयको भागबण्डामा सहमति भइसक्यो,’ एमालेका एक सांसदले भने,’मन्त्रालयमाम कसलाई पठाउने भन्ने आन्तरिक छलफल चलिरहेको छ, अहिलेसम्म कसैको नाममा सहमति भएको छैन । एमालेले मन्त्रीको टुंगो लगाए प्रदेश ६ मा आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी मुख्यमन्त्री शाहीले गरेका छन् ।