Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

लागू औषध र चुनौतिहरु

Friday, February 16, 2018 National Power

जति जति संसार विकसित हुँदै गएको छ , चुनौतिहरु त्यतिनै थपिरहेका छन् । समाज थरिथरीका मानिसहरुबाट निर्माण भएको छ । जहाँ विभिन्न जातजाति भाषा भाषिहरुको आफ्नै पहिचान छ, आफ्नै रितीरिवाज छ । यहि रितीरिवाज र समाजबाट उब्जेको सानो समस्या आज चुनौति भएको छ । आजको एक्काइसौं शताब्दीमा लागु औषधको दुरुपयोग विश्वब्यापी रुपमा बढ्दै गैरहेको छ । नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने यसको जन्म परावूर्वकालमै भएको देखिन्छ । संस्कारको रुपमा प्रयोग गरिएका पदार्थहरु आज विकराल समस्याको रुपमा फैलिएको छ ।
हाल आएर यो समस्या कुनै एक देशमा मात्रै नभएर सबै देशको साझा समस्याको रुपमा रहेको छ । लागु औषध आजको विश्वमा एक प्रमुख चुनौतिको रुपमा देखा पर्दै आएको छे । विकसित तथा अद्र्धविकसित सवै खालका मुलुकहरु लागु औषधको कारोवारबाट प्रभावित रहेका छन ।अझ विकसित मुलुकहरु भन्दा अद्र्धविकसित मुलुकहरुमा लागु औषधको कारोवार गम्भिर समस्याको रुपमा बढ्दै गएको अवस्था छ । नेपाललाई समेत लागु औषधको कारोवारकर्ताहरुले लागु औषधको अन्तरास्ट्रिय कारोवारमा ट्रान्जिट राष्ट्रको रुपमा उपयोग गर्दै आएको पाइन्छ । ट्रान्जिट मुलुकको रुपमा प्रयोग हुने भए तापनि मुलुक भित्रै पनि लागु औषधको विक्री, वितरण, ओसार पसार लगायतका कारोवारहरु हुने गरेको छ । भू–मण्डलीकरणको कारण अन्तर्राष्ट्रिय व्यापारको विकास, यातायात र सञ्चारको विकासले Transportation मा सहजता, छिट्टै धन कमाउने लालसाले यस्ता कृयाकलापमा लाग्ने प्रवृतिको विकास भएको छ । नेपालमा लागु औषध प्रयोगकर्ताहरुले खैरो हेरोइन, गाँजा र अन्य फर्मास्यूटिकल औषधिहरु जस्तैः ब्यूप्रोनोर्फिन, टिडीजेसिक, डाइजेपाम, नाइट्रोजेपाम, फेन्सिडिल बढी प्रयोगमा ल्याउने गरेको पाइएको छ ।

नेपालमा खासगरी युवा पुस्तामा यसको प्रयोग बढी मात्रामा हुने गरेको देखिन्छ । सुचना प्रविधिको बिकास र बिश्वब्यापिकरणको प्रभाबले लागु औषधको प्रयोग र नियन्त्रणमा पनि असर गरेको छ । यसको प्रभावले मानब शरीरको केन्द्रीय स्नायु प्रणालीमा असर पार्छ । प्रयोगको मात्रा बढ्दै गएपछि मानिसको मृत्यु गराउँछ । सामाजिक संस्कार बिगार्ने,अपराध बढ्ने,दक्ष जनशक्ति कुलतमा फस्ने,अर्थ व्यवस्थालाई ध्वस्त बनाउने,देश विकास पछाडि धकेल्ने जस्ता समस्याहरु लागुऔषध द्दारा सृजित जटिल सामाजिक समस्या हुन् ।

लागु औषधको यस्तो बढ्दो प्रयोग र समाजमा यसले पार्ने नकारात्मक प्रभाबका कारण यसलाई सामाजिक अपराधका रुपमा लिई यसको नियन्त्रणका लागि विभिन्न समयमा विभिन्न ऐन कानुन तर्जुमा गरिएको छ । अन्तरास्ट्रिय लागु औषध नियन्त्रण महासन्धि  ( single convention on narcotic drugs of 1961 as amended by the 1972 protocol., convention on psychotropic substances 1971, UN convention against illicit traffic in narcotic drugs and psychotropic substances of 1988,)  ले यसको नियन्त्रणमा केहि सकारात्मक भूमिका खेले पनि बदलिएको समयमा यसको प्रभावकारितामा ह्राश आइरहेको छ । हाम्रो सन्दर्भमा लागु औषध नियन्त्रण ऐन २०३३ तत्कालिन समयमा नेपालमा सुक्ष्म रुपमा देखिएको लागु औषध प्रयोगको नियन्त्रण गर्ने उदेश्यबाट बढी प्रभावित थियो । पछिल्लो समय बढ्दो अन्तरास्ट्रिय ओसार पसारको नियन्त्रण कसरि गर्ने भन्ने बिषयमा कानुनमा ठोस प्रावधानको अभाब देखिन्छ ।

नेपालमा परापुर्बकालदेखि नै विभिन्न धार्मिक उत्सब चाडपर्ब मनाउन र मनोरंजन गर्ने क्रममा गाँजा,भाङ लगायतका लागु औषध लगायत नशालु पदार्थ को प्रयोग हुने गरेको पाइन्छ । तत्कालिन परिस्थितिमा युद्ध जित्न पनि यसको प्रयोग भएको देखिन्छ । मानिसलाई उत्तेजित बनाउने काममा र विभिन्न खेलकुदका प्रतियोगितामा बिजयी हुन समेत यसको प्रयोग भएको देखिन्छ । औषधि उपचार गर्ने क्रममा यसको महत्व अझ बढी रुघाखोकी,डाइरिया निको पार्न र दुखाइ कम गर्न तथा शल्यक्रियाको क्रममा लठयाउन समेत यसको प्रयोग हुने गरेको छ । बिस्वब्यापीकरण र अन्तरास्ट्रिय ब्यापारको बिकाशको क्रममा एक ठाउमा उत्पादित यस्ता पदार्थको जानकारी अर्को ठाउमा सजिलै थाहा हुने र यसको बजारीकरण पनि सोहि बमोजिम भै हाल आएर बढी अर्थोपार्जन गर्न यसको ब्यापार ह्वात्तै बढेको पाइन्छ ।

हुनेखाने परिवारका सन्ततीहरुमा र हुँदा खाने परिवारका सन्ततीहरुमा यसले निकै प्रभाव पारिरहेको छ । लागुऔषध प्रयोगकर्ताहरु बढ्नुको मुख्य कारण आजको यो विकसित समाज हो । यसको जिम्मेवार हामी सबै हौं । आजको यो व्यसतता र विलासिताको कारणले गर्दा बाबु आमाले हाफ्नो छोराछोरीको क्रियाकलाप नियाल्न भ्याईरहेका हुँदैनन् । उनिहरु जसको उज्वल भविष्यको खातिर दिनरात खतिरहेका हुन्छन् उनिहरुलाई थाहै हुँदैन कि उनीहरु आफैले आफ्ना सन्ततिलाई दलदलमा फालिरहेको छन् । चेतनाको कमिले गर्दा युवा पुस्ता यो कुलतमा फसिरहेका छन् । हाल नेपालमा नेपाल सरकार गृहमन्त्रालय अन्तर्गत लागु औषध नियन्त्रण कार्यक्रमको स्थापना गरी विभिन्न गैर सरकारी संस्थाहरु मार्फत विद्यालय स्तरीय जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । यसले समाज परिवर्तनमा निकै ठूलो भूमिका खेलिरहेको छ । पूनस्र्थापन केन्द्रको स्थापना गरी लागुऔषध प्रयोगकर्ताहरुलाई लागुऔषधबाट टाढा राखि सिपमूलक तालिमहरु प्रदान गर्दै आइरहेको छ । यो एउटा नेपाल सरकारले चालेको सकरात्मक पक्षको रुपमा लिन सकिन्छ ।
नेपालको सन्दर्भमा हेर्ने हो भने लागु औषध प्रयोग कर्ता बढ्नुको कारण खुल्ला सिमाना, अभिभावकको लाप्रवाही, साथिहरुको सरसङ्गत , विभिन्न जातजातिको रितिरिवाजहरु, चाडपर्वहरु आदि पर्दछन् । लागू औषध प्रयोगकर्ताहरु विभिन्न पृष्ठभूमिबाट आएका पाइन्छन् । के पुरुष के महिला, के युवा के बृद्घ, के धनी के गरिब, के रोजगार के बेरोजगार, शहरका वा गाउँका कोही पनि लागू औषधबाट प्रभावित भएको पाइन्छ ।

लागु औषध भनेको के हो त ?
औषधी भन्नाले शरीरको व्यवस्थापनलाई परिवर्तन गर्ने अथवा असर पार्ने रासायनिक पदार्थ हो । बैध र अवैध गरी औषधीलाई दुई किसिमले हेर्न सकिन्छ । स्वास्थ्य उपचारमा प्रयोग हुने तथा चिकित्सकले सिफारिस गरेको औषधी वैध औषधी हो भने चुरोट, रक्सी लगायतका पदार्थमा प्रयोग हुने र पसलमा किन्न नपाइने, कानूनले प्रतिवन्ध लगाएका अवैध औषधिहरु लागू औषध हुन् ।

विश्व स्वास्थ्य संगठन (WHO)  को १९८२ को प्रतिवेदनमा कुनै पनि किसिमको रसायनिक पदार्थ जुन स्वस्थ्य (normal)  शरीरका लागि प्रयोग गर्न आवश्यक छैन र यसको प्रयोगले शारीरिक (biological)  कार्य तथा यसको बनावटमा परिवर्तन ल्याउन सक्छ भने त्यो लागू पदार्थ हो भनी परिभाषित गरेको पाउँछौं ।   अंग्रेजी शब्दकोषमा लागू पदार्थलाई यसप्रकार परिभाषित गरिएको पाइन्छ ।  “Substance that affects the nervous system, esp one that is habit –forming eg cocaine or heroin.  नेपाली शब्द कोषमा लागूऔषधको परिभाषा ज्यादै संकुचित रूपमा पाइन्छ । जसमा लागूपदार्थ भन्नाले मादक पदार्थ (गाँजा, भाङ्ग, चरेस, रक्सी) आदिलाई भनिएको छ । नेपालमा लागू औषध नियन्त्रण ऐन,२०३३ ले उल्लेख गरेका औषधहरुनै लागू औषध हुन् ।कतिपय औषधिहरु उपचारको लागि उत्पादन गरिएका हुन्छन् तर यिनीहरु बिस्तारै दुरुपयोगीहरुले दुरुपयोग गरिरहेका हुन्छन्। लागू औषध नियन्त्रण ऐन, २०३३ ले गरेको परिभाषा अनुसार लागू औषध भन्नाले,
१. गाँजा,औषधोपयोगी गाँजा,
२. अफिम,तयारि अफिम,औषधोपयोगी अफिम,
३. कोकाको झार र पात र अफिम र कोकाको सारतत्व,मिश्रण वा लवन समेत मिलाई तयार गरिने कुनै पदार्थ,
४. र नेपाल सरकारले समय समयमा कानुन बनाइ तोकिएका प्राकृतिक वा कृत्रिम लागु औषध तथा मनोद्धिपक पदार्थ  (psychotropic substance)  र तिनको लवणहरु तथा अन्य पदार्थ समेत सम्झिनु पर्छ ।

माथि उल्लेखित बिभिन्न परिभाषाहरूको आधारमा मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्ने तथा प्रयोगकर्ताको भावना एबं सोचाइमा परिवर्तन ल्याउन सक्ने प्राकृतिक तथा रसायनिक पदार्थलाई लागू औषध भन्न सकिन्छ । प्राकृतिक लागू पदार्थमा गाँजा, भाङ्ग, सुर्ति आदि पर्दछन् भने रसायनिक वस्तुमा ब्राउन सुगर, फेन्सिडिल, टेडिनोसिक, डाइजेपाम आदि पर्दछन् । यसले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रत्यक्ष प्रभाव पारि सोच्ने र बुझ्ने शक्ति कमजोर बनाइ मानिसलाई विवेक शुन्य बनाउनुका साथै मानिसलाई कमजोर बनाइ विभिन्न रोगबाट पिडित बनाउछ र प्रयोगको मात्रा बढ्दै गएपछी अन्तत मृत्यु समेत गराउछ ।

आज विश्वका विभिन्न मुलुकहरुमा लागू औषध दुरुपयोग ठुलो समस्याको रुपमा रहेको छ । UNODC  report,  २०१६ अनुसार सन २०१४ मा विश्वमा अनुमानित २४७ मिलियन लागु औषध प्रयोग कर्ताहरु रहेका छन् भने २९ मिलियन मानिस हरु लागु औषध बाट प्रताडित छन् । त्यस्तै १२ मिलियन मानिस सुइ मार्फत ड्रग प्रयोग गर्छन र १.६ मिलियन सुइ मार्फत ड्रग प्रयोग गर्ने मानिसहरु HIV  संक्रमित भयर बाँचेका छन् । यो संख्या १६-६४ बर्ष उमेर समुह भित्र को हो । विश्वमा लागु औषध दुर्व्यसनी का कारण बर्षेनी झन्डै २ लाख ५३ हजार मानिस हरुले मृत्युबरण गर्छन । लागू औषधको कारोबार र त्यसबाट सृजित अपराधमा समेत समानुपातिक हिसाबमा बढोत्तरी भैरहेको छ । अझ अन्तर्राष्ट्रिय माफियाहरुको राम्रो सन्जाल तथा प्रबिधिहरुको उच्च प्रयोग र छोटो समयमा नै आम्दानीको राम्रो श्रोत बन्न जानेकारण लागू औषधको कारोबार दिन प्रतिदिन अझ बढेको पाउँदछ  । अन्य महादेशको तुलनामा एशियामा अधिकमात्रामा लागू औषधका दूव्र्यसनीहरु रहेको छ । यदी राज्यले लागू औषध नियन्त्रणको लागी गम्भीर खालको नीति नल्याउनेभने लागू औषधको दूव्र्यसनी अझ वढ्न जाने तर्फ ध्यानाकर्षण समेत गरेको छ ।


साधना बस्नेत
लागू औषध नियन्त्रण, प्रशिक्षक