Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

पुरुष सांसदहरुलाई दौरा सुरुवाल र महिलालाई साडी चोलो लगाउन निर्देशन,

Thursday, February 15, 2018 National Power

३ फागुन, काठमाडौं – प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पोशाकमा सर्तक हुन सांसदहरुलाई निर्देशन दिएका छन् । पार्टी मुख्यालय धुम्बाराहीमा बसेको संसदीय दलको बैठकमा ओलीले पुरुष सांसदहरुलाई दौरा सुरुवाल र महिलालाई साडी चोलो लगाउन निर्देशन दिएका हुन् ।

ठाउँ र अवस्था अनुसार पहिरन लगाउनुपर्ने भन्दै उनले भने, ‘पूजाआजाहरुमा जाँदा गरगहना लगाए हुन्छ तर, मलामी जाँदा गहना लगाएर गइँदैन ।’ उनले झमझम स्टकोट शैली नअपनाउन सांसदहरुलाई निर्देशन दिए । संसदका साथै सपथमा पनि दौरा सुरुवाल र साडी चोलो लगाउन सांसदहरुलाई भनेका छन् ।

साथै लोगो लगाउन आग्रह गरे । उनले भने, ‘बाटामा गाली गर्छ अनि अर्कोले माननीय हो भनेपछि ए माननीय पो भन्ने हुनु भएन । देख्दा लोगो लगाएको हुनुपर्‍यो ।’ उनले विदेश जाँदा छुट्टी लिएर मात्र जान र जिल्लामा जाँदा सचेतकलाई जानकारी गराउन निर्देशन दिए । साथै संसदमा हाजिर गर्ने टाप ठोक्ने नभई विषयवस्तुको अध्ययन गरेर जाने र बलियो उपस्थिति देखाउन पनि सांसदहरुलाई भनेका छन् ।