Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

प्रणय दिवशमा माया लाउने !( भिडियो सहित)

Thursday, February 15, 2018 National Power

काठमाण्डौ – प्रणय दिवश अर्थात भ्यालेन्टाइन्स डे को अवसर पारेर गीतकार एवं पत्रकार शान्तिप्रियले गीतको म्यूजिक भिडियो सार्बजानिक गरेका छन् ।


माया लाउने यहि ज्यान हो … बोलको यो गीतलाई गायक गणेश श्रेष्ठको जन्मदीन समेत परेकोले प्रणयदिवस कै दीन सार्बजनिक गरिएको हो । गणेश श्रेष्ठ नव गायक हुन् । यस अधि उनले केहि कभर सङ्ग गाएपनि गायनका हिसावमा उनको पहिलो गीत माया लाउने नै भएको छ । गीतलाई अहिलेका चर्चीत संगीतकार दिपक शर्माले संगीत गरेका छन् भने नरेन्द्र योगीको एरेञ्जमेन्ट यस गीतमा रहेको छ ।


गीतको म्यूजिक भिडियो पनि तयार भएको छ । गीतकार शान्तिप्रियले आफै भिडियोको निर्देशन गरेका छन् । गजित विष्ट र अनामीका चौलागाईद्धारा फिचरीङ गरिएको यस गीतमा कोरीयोग्राफी समेत गजित विष्टले गरेका छन् । गीतको छायांकार एवं सम्पादक विरेन्द्र भाट ‘विपिन रेहका छन् । मायामै केन्द्रित यस गीतलाई प्रणय दिवस र गायक श्रेष्ठको जन्मदिनको संयोगलाई प्रयोग गरी बजारमा ल्याइएको हो । छायांछवि क्रियशनले गीतलाई बजारमा ल्याएको हो ।

भिडियो 

https://www.youtube.com/watch?v=5v4w0yvUVuM