Tuesday 3rd August 2021

    गीतकार खनालको मौलिक तीज गीत ‘छोरीको करिम’ सार्वजनिक    नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन नेपाल) को पाँचौ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न    तेश्रो नेपाल कल्चरल फिल्म फेष्टिवको मनोनयन सार्वजानिक    निर्मलालाई एक नारीको खुला पत्र : ‘नारी समाज फुटाउनेले समाज कसरी जोड्न सक्छ ?    विश्वभर फैलियो डेल्टा भेरियन्ट

हिमाल मेरो भन्छन कोही, पाहाड मेरो भन्छन…

Tuesday, February 13, 2018 National Power

काठमाण्डौ – हिमाल मेरो भन्छन कोही, पाहाड मेरो भन्छन कोही …वोल गीत लिएर गीतकार एवं गायक झोटन मेहता नेपाली संगीतिक दुनियाँमा आएका छन् । प्रहरी सेवामा कार्यरत मेहेताले आफ्नो पेशाका साथै साथै संगीतिक क्षेत्रको लागि महत्वपूर्ण योगदान दिंदै आईरहेका छन् ।

करिव १ दर्जन जति गीतलेखेका मेहेताले आफुले लेखेको एवं गाएको हिमाल मेरो भन्छन कोही, पाहाड मेरो भन्छन कोही वोलको गीतलाई भिडियो वनाई दर्शकहरुमाझ आउने नेशनल पावर न्यूज डट कमलाई वताएका छन् ।

राष्ट्रिय भावले ओतप्रोत उक्त गीतलाई हाम्रो साझा नेपाल एल्वममा समावेश गरिने मेहेताले वताएका छन् । ओपस स्टुडियोमा रेर्कड गरेको उक्त गीतलाई आम दर्शक श्रोताहरुले मन पराउनेमा मेहेता ढुक्क देखिएका छन् ।