Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

डिभिजन टूको गणित : क्यानडालाई हराए नेपाल विश्वकप छनोटमा

Tuesday, February 13, 2018 National Power

१ फागुन, काठमाडौं – विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले चारमध्ये तीन खेल जितेको छ । तर, अझै पनि नेपालका लागि प्रतियोगिताको फाइनल यात्रा सुरक्षित भएको छैन । नेपालले भोलि क्यानाडासँग समूह चरणको अन्तिम खेल खेल्दैछ । कठिन प्रतिद्वन्द्वीविरुद्धको यो म्याच नेपालका लागि ‘निर्णायक’ बन्न सक्छ ।

नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपबाटै विश्वकप छनोटमा स्थान बनाउन चाहन्थ्यो । तर, हङकङसँगको हारसँगै त्यो सम्भावना टर्‍यो । यद्यपि, डिभिजन टूको शीर्ष दुई टोलीले पनि छनोट खेल्ने भएकाले नेपालले आश मारेको छैन । ओमानसँग अनेपक्षित हार व्यहारेको नेपालले विश्वकप छनोट खेल्ने सम्भावना कति छ त /?अंक तालिकामा अहिले क्यानडा र नेपालको समान ६ अंक छ । तर, नेट रन रेटमा क्यानडा अगाडि भएका कारण शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा ।

यूएई र नामिबियाको दुबैको समान ४–४ अंक छ । नामिबियाले त अझ एक खेल कम खेल्न बाँकी नै छ । यस्तो अवस्थामा विश्वकप छनोट खेल्ने सम्भावना क्यानाडा र नेपालको मात्र होइन, यूएई र नामिबियाको पनि छ । केन्या र ओमानको विश्वकप छनोट खेल्ने सम्भावना भने टर्‍यो ।

आज नामिबियाले केन्यासँग खेल्नेछ । भोलि तीन खेल छन्, नेपाल भर्सेस क्यानडा, नामिबिया भर्सेस यूएई र केन्या भर्सेस ओमान ।

यदि नेपालले क्यानडालाई हराउन सक्यो भने अरु परिणाम जे भए पनि, नेपालले फाइनलसँगै विश्वकप छनोटमा स्थान पक्का गर्नेछ । किनकी नेपालको ८ अंक हुनेछ र बाँकी टिममा नामिबियाको मात्र ८ अंक पुग्ने सम्भावना कायम छ ।यदि उसले केन्या र यूएई दुबैलाई हराउन सक्यो भने फाइनलसँगै विश्वकप छनोटमा स्थान बनाउँछ । तर, क्यानडासँग नेपाल हार्‍यो भने फाइनलमा विश्वकप छनोट खेल्ने सम्भावना लगभग अन्त्य हुनेछ किनकि नेपालको रनरेट कमजोर छ ।

नामिबिया र यूएई एकअर्कासँग भएकाले जुन टिम विजयी भए पनि उसले अघिल्लो चरणमा स्थान बनाउने छ । किनकी नेट रनरेट नेपालको भन्दा दुबै टिमको राम्रो छ । तर, एउटा गणीतीय सम्भावना छ । यदि आज केन्याले नामिबियालाई हरायो र यूएई भर्सेस नामिबियाको खेल वर्षाले विथोलिएर दुबैले अंक बाँडे भने नेपालको सम्भावना रहन्छ । तर, ढुक्कसँग विश्वकप छनोटमा स्थान बनाउने हो भने नेपालले क्यानाडालाई नहराई सुख्खै छैन ।