Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीले गरे सफाइ

Monday, February 12, 2018 National Power

२९ माघ, कैलाली – दशगजा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीहरुले संयुक्त रुपमा सरसफाइ गरेका छन् । कैलाली र कञ्चनपुरसँग जोडिएको डोके बजार आसपासको दशगजा क्षेत्र तथा डोके बजारमा सरसफाइ गरिएको हो । सशस्त्र सीमा सुरक्षा कार्यालय कैलाली, त्रिनगर प्रहरी चौकी, भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कस्टमको टोली सरसफाई खटिएका थिए ।

सरसफाइमा कार्यक्रममा स्थानीय बजार ब्यवस्थापन समिति र सुरक्षाकर्मीहरुको सहभागिता थियो । गौरीफन्टा सीमा नजिकै रहेको पुनरवास नगरपालिका १० डोकेबजारमा सरसफाइ गरेको हो । सीमामा रहेको बजारमा दुर्गन्ध बढ्दै गएपछि सरसफाई कार्यक्रमको आयोजना गरिएको सशस्त्र सीमा सुरक्षा कार्यालय बीओपी कैलालीका प्रहरी निरीक्षक हर्क साउदले बताए । उनले नेपाल र भारतबीचको सम्वन्धलाई प्रगाढ बनाउनका लागि विभिन्न गतिविधि हुँदै आएको बताउँदै सीमा क्षेत्रमा पनि वर्षेनी सरसफाइ कार्यक्रम गर्दै आएको बताए ।