Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

प्रदेश ५ का मन्त्रीहरुको सपथ फागुन ३ गते, माओवादीको नेतृत्व कृष्ष्णध्वजले गर्ने

Monday, February 12, 2018 National Power

२९ माघ, बुटवल – सरकार गठनको अन्तिम तयारीमा जुटेको प्रदेश ५ ले फागुन ३ गते सानो आकारको मन्त्रीमण्डल पाउने भएको छ । एमालेका शंकर पोखरेल मुख्यमन्त्री बनेको प्रदेश ५ मा माओवादीको नेतृत्व कृष्णध्वज खड्काले गर्ने सम्भावना छ । माओवादीले प्युठानका खड्काको नाम टुंगो लगाइसकेको छ भने एमालेले नवलपरासीका बैजनाथ चौधरीलाई पहिलो चरणमा सरकारमा पठाउने स्रोतले बतायो ।

राजनीतिक दलहरुमा संसदीय दलको नेता वा उपनेताले सरकारको नेतृत्व गर्ने परम्पराजस्तै बनेको छ । यसअघि केपी ओली नेतृत्वको सरकारमा माओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले पार्टीको नेतृत्व गरेका थिए । त्यसअघि पनि कांग्रेसका तत्कालीन उपनेता प्रकाशमान सिंहले सरकारको नेतृत्व गरेका थिए । सोही आधारमा खड्काले सरकारको नेतृत्व दावी गरेको स्रोतले बतायो । प्रदेश ५ मा सुरुमा तीनजना मन्त्रीले फागुन ३ गते शपथ लिने तयारी छ । सडक बिभागको प्रदेश प्रमुखको निवास अगाडि फागुन ३ गते शपथ हुनेछ । शपथपछि सोही दिन नै पदभार ग्रहण गर्ने तयारी छ । प्रदेशमा ५ मा ७ मन्त्रालय मात्र रहने छन् । माओवादीले तीन मन्त्रालयमा दावी गरेको छ । तर माओवादीका प्रमुख सचेतक दधिराम न्यौपाने (एमएस०ले सरकारमा माओवादीको नेतृत्व कसले गर्ने भन्ने विषय छलफलकै क्रममा रहेको बताए ।

‘हामी लगभग टुंगोमा पुगिसकेका छौं, केही कुरा एमालेसँग मिल्न बाँकी छ,’ उनले अनलाइनखबरसँग भने, ‘हामीले मन्त्रिपरिषदमा पठाउने ब्यक्ति छनौट गर्ने जिम्मा संसदीय दलको नेता र उपनेतालाई दिएका छौं ।’ माओवादी संसदीय दलको नेतामा कुलप्रसाद केसी ‘सोनाम’ चुनिइसकेका छन् । उपनेताको जिम्मेवारी कृष्णध्वज खड्काले पाएका छन् । आइतबार राति अबेर सम्पन्न माओवादी प्रदेश ५ संसदीय दलको बैठकले पुर्ण घर्ती ‘आयाम’लाई सभामुख बनाउने निर्णय गरेको छ । प्रमुख सचेतकमा रुपन्देहीका दधिराम न्यौपाने ९एमएस० र सचेतकमा दाङकी दामा शर्मालाई चयन गरिएको छ । यसैगरी माओवादी संसदीय बोर्डको सचिवको जिम्मेवारी पाल्पाका तुलाराम घर्ती ९बसन्त०ले पाएका छन् । संसदीय दलको नेता अध्यक्ष हुने बोर्डले सरकार र संसदीय दलबीच समन्वयको काम गर्दछ ।