Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

ट्राफिक अपडेट

Friday, February 9, 2018 National Power

२६ माघ , काठमाण्डौ – यतिबेला कलंकी, कोटेश्वर, चावहिल, मित्रपार्क, नारायणगोपाल चोक हुँदै चल्ने सवारी साधनहुु चापमा चलिरहेका छन् । यस संगै, जयनेपाल, संग्राहलय दक्षिणगेट, सोह्रखुट्टे , लैनचौर, केशरमहल, थापाथली, माईतीघर, कालीमाटी, टेकु हुदै संचालन हुने सवारी साधनहरु पनि चापमै चलिरहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । बिहानको पिक आवरमा बढेका सवारीका कारण उपत्यकाको मुख्य चोकहरुमा सवारी चापको अवस्था रहेको हो । चाप रहेको स्थानहरुमा ट्राफिक प्रहरी द्धारा सवारी आवागमनको सहज व्यवस्थापन भैरहेको छ ।

विभिन्न नाका प्रयोग गरि उपत्यका भित्रीने र बाहिरीने सवारी साधनहरु भने सामान्य तवरलेनै संचालन भैरहेका छन् । यस बाहेक सुकेधारबाट कपन जाने बाटो स्थानियबासीले अवरोध गरेका छन् । धुलो उडेको भन्दै स्थानियबासीले बाटो अवरोध गरेका हुन् । बाटो खुलाउने प्रयास भैरहेको सुकेधारा ट्राफिक प्रहरी पोष्टले जानकारी दिएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका २ मा आज मोटरसाईकलले साईकललाई ठक्कर दिदा २ जना घाईते भएका छन् । घाईते हुनेमा मोटरसाइृकल चालक धनुषाका ३३ वर्षिय भगवान बहादुर साह र साईकल चालक स्थानिय ४० वर्षिय दुर्गा ढकाल रहेका छन् । घाईते दुबैको अल्पाईन अस्पताल सिमरामा उपचार भैरहेको छ ।आज बिहान ९ बजे स ९ प ५७० नम्बरको मोटरसाईकलले साईकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यलय सिमराले जनाएको छ ।

रुपन्देहीको ओमसतिया गाँउपालीका १ लखन चोकमा आज साइकलयात्रीलाई ठक्कर दिएर स्कुटर समेत अभियन्त्रीत भई पल्टीँदा २ जना घाईते भएका छन् । बुटवलबाट भैरहवातर्फ आउँदै गरेको लु २८ प ८८१६ नम्बरको स्कुटरले ओमसतिया २ का ५२ बर्षीय साईकलयात्री ओम बहादुर गुरुङ्गलाई ठक्कर दिएर पल्टेको हो । घाईते भएका स्कुटर चालक ओमसतिया १ का अंकित थापा र स्कुटर चालक गुरुङ्गको सि।टि अस्पताल भैरहवामा उपचार भैरहेको छ । आज बिहान ६ बजे, सो दुर्घटना भएको हो ।

काठमाण्डौको काठमाण्डौ महानगरपालिका ३ टिचिङ्ग अस्पताल नजिकै आज बिहान मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्री घाईते भएकी छिन् । घाईते हुनेमा रोल्पा घर भएकी ३४ वर्षिया सुनिला के।सी रहेकी छिन् । उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचार भैरहेको छ । आज बिहान ६ बजे बा ५७ प ५१९३ नम्बरको मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिएको हो । मोटरसाईकल र चालकलाई महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगंजले नियन्त्रणमा लिएको छ ।

काठमाडौंको कालीमाटीबाट हिजो लागु औषध बेचबिखन गर्दै गरेको अवस्थामा २ जनालाई स्वयम्भु प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही सुन्दर पुर घर भई हाल कालिमाटी टंकेश्वर बस्ने राज लामा भनेर चिनिने देव खान र भक्तपुर बागेश्वरी नगरपालीका ३ घर भई हाल कालीमाटी ढल्कु बस्ने सुमन काफ्ले रहेका छन् । हिजो साझ साढे ५ बजे, पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ६१८ एम्पुल फेनारगन, डाईजिपाम लगायतका नियन्त्रीत लागु औषध बरामद गरेको छ । बिषेश सुचनाको आधारमा हिजो पक्राउ परेका उनीहरुमाथी आवश्यक अनुसन्धान भैरहेको छ ।

सप्तरीको कन्चनरुपको नगरपालिका ६ मा आज बिहान आगो ताप्ने क्रममा शरिरमा आगो लागेर एक महिला घाईते भएकी छिन् ।आज बिहान ७ बजे आगो ताप्ने क्रममा स्थानिय ३२ वर्षिया चन्द्रकला चौधरीको कपडामा आगो सल्किएर घाईते भएकी हुन् । उनको सम्पुर्ण भाग आगोले जलेको र उपचारको लागि धरानतर्फ पठाइएको स्थानिय प्रहरीले जानकारी दिएको छ ।

सिराहाको सिराहा नगरपालीका २१ बाट गएराती भन्सार छलेर ल्याउँदै गरेको ४ हजार कुखुरा सहित १० वटा पिक अप गाडीलाई प्रहरीे नियन्त्रणमा लिएको छ । अन्दाजी २१ लाख ६० हजार मुल्य बराबरको कुखुरालाई प्रहरी चौकी लकडिगोठ सिराहा र भन्सार कार्यालय सिराहा माडरको संयुत्त टोलीले चेकिघको क्रममा नियन्त्रणमा लिएको हो । गाडीहरु नियनत्रणमा लिने क्रममा चालकहरु भने फरार भएका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको छ ।

सुनसरीको धरान उपमहानगरपालीका १५ स्थित निराजन बस्तीमा गएराती धारिलो हतियार प्रहार हुंदा १ जना घाईते भएका छन् । धरान उपमहानगरपालीका १६ का २४ बर्षीय सुनिल मगरलाई धरान १५ बस्ने ३२ बर्षीय विशाल राईले सामान्य विषय विवाद हुंदा खुकुरी प्रहार गरेका थिए । घाईते मगरको वि।पि कोईराला स्वास्थय विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचार भैरहेको छ । हतियार प्रहार गर्ने व्यक्ति फरार रहेकाले खोजी भैरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।