Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

शेर्पा–नेवई कृषि सडक निर्माण तीव्र

Wednesday, February 7, 2018 National Power

२४ माघ,तेह्रथुम – तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङ स्थित शेर्मा–नेवई साढे पाँच किमी कृषि सडक खण्डको काम तीव्रगतिमा भइरहेको छ । गाउँमा उत्पादन भएको अदुवालगायत कृषिजन्य उत्पादनलाई निकासीका लागि सहज बनाउन सडक स्तरोन्नतिको काम शुरु भएको हो ।

उन्नति समावेशी वृद्धि कार्यक्रमको सहयोगमा जिल्ला प्राविधिक कार्यालयले ठेक्कामार्फत सडक स्तरोन्नतिको काम थालेपछि स्थानीयवासी हर्षित बनेका छन् । सडक निर्माण शुरु भएपछि गाउँवासी हर्षित भएको नेवईको ओयाक्जुङ उन्नत अदुवा कृषक समूहका अध्यक्ष दुर्गाप्रसाद गिरीले बताउनुभयो ।

साढे पाँच किमी सडक निर्माणका लागि रु तीन करोड ३३ लाखको टेण्डर लागेको छ । अहिलेसम्म ३५ प्रतिशतभन्दा बढी काम भएको छ । सडक बनेपछि ओयाक्जुङ र पौठाकका बासिन्दालाई लाभ मिल्नेछ ।

यसअघि गाविसको बजेटबाट ट्र्याक ओपन भएको सडक स्तरोन्नतिका लागि उन्नति परियोजनाले सहयोग गरेको गाउँवासी खुशी भएको स्थानीयवासीसमेत रहेका फेदाप गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द मादेम्बाले बताउनुभयो ।