Saturday 15th June 2024

    ईनास मेरिल्याण्डले आयोजना गरेको बनभोज तथा भेटघाट कार्यक्रम    नेपाल चलचित्र कलाकार संघको विचार गोष्ठि भव्यरुपमा सम्पन्न    ३९ विधामा र ६२ अवार्ड प्रदान गर्दै ओप्सना म्युजिक अवार्ड २०२४ सम्पन्न    १२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन    नेपालका ओझासहित विश्वभरबाट ३१ विश्व कविहरूलाई ‘पोएट अफ नेचर अवार्ड’

मायामा शंका हुन्छ स्वार्थ हुँदैन भन्ने सन्देश गीता खत्रीको प्रेम दिवसमा (भिडियो सहित)

Tuesday, February 6, 2018 National Power

२३ माघ ,काठमाडौं – पछिल्लो समयमा नेपालीबीचमा पनि भ्यालेन्टान डेले आफ्नो बर्चश्व कायम गर्न थालेको छ । यो प्रेम दिवसका अवसरमा यसैलाई लक्षित गरेर विभिन्न गीत सङ्गीत तथा यस सम्बन्धि चलचित्र, लघु चलचित्र आउन थालेका छन् । यस्तैमा साहित्यकार गीता खत्रीको कथामा लघु चलचित्र ‘प्रेम दिवस’ सार्वजनिक भएको छ ।

नेपाली साहित्य फाँटमा थुप्रै रचनाहरु पाठकमाझ ल्याएकी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)की पूर्व अध्यक्ष गीताले प्रेम दिवसको पूर्व सन्ध्यामा लघु चलचित्र ‘प्रेम दिवस’ ल्याएकी हुन् ।

भकारी एमडिसीको प्रस्तुति रहेको ‘प्रेम दिवस’मा श्याम घिमिरे, नम्रता योगी, निशा पाख्रिन, जे। एन। घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ । संजय पाण्डेको निर्देशनमा तयार भएको ‘प्रेम दिवस’लाई राजेन्द्र पाण्डेले छायाँकन र सम्पादन गरेका हुन् ।

‘मायामा शंका हुन्छ स्वार्थ हुँदैन’ भन्ने प्रेमभावलाई समेटिएको यो लघु चलचित्र ‘प्रेम दिवस’मा राजु सिंहको सङ्गीत र स्वरुपराज आचार्यको स्वर रहेको छ । ‘यसलाई पछि फिचर चलचित्रकै रुपमा विकसित गर्ने सोच बनाएका छौ’, भकारी एमडीसीका सञ्चालक बसन्त वित्यासी थापाले भने ।

भिडियो

##milapnews.com##