Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

रु चारकरोड ५० लाखको लागतमा तटबन्धन

Tuesday, February 6, 2018 National Power

२३ माघ, मोरङ – बर्खाको समयमा स्थानीय चिसाङ खोलामा आउने बाढीबाट नहर जोगाउनका लागि सुनसरी–मोरङ सिँचाइ आयोजनाले रु चार करोड ५० लाखको लागतमा तटबन्धनको निर्माण कार्य तीव्रताका साथ गरिरहेको छ । वर्षेनी खोलाले कटान गरी नहर र बस्ती नै जोखिममा परेपछि बेलबारी नगरपालिका–७ स्थित कदमा चोकमा तटबन्धनको कार्य तीव्रताका साथ भइरहेको हो ।

आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर प्रदीप वान्तवाका अनुसार मंसिरदेखि शुरु भएको तटबन्धन निर्माण कार्य हालसम्म २५ प्रतिशत सम्पन्न भइसकेको छ र सम्पूर्ण निर्माण कार्य आगामी असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । बाढीले सबैभन्दा बढी असर गर्ने क्षेत्रका रुपमा परिचित बेलबारी नगरपालिकाको बाहुनी, कदमा तथा कालीमन्दिर क्षेत्रमा हाल ५१० मिटर लामो तटबन्धन गरिने भएको हो । वर्षेनी खोलाले बहाव परिवर्तन गरेर मूल नहरलाई नै क्षति पु¥याउने जोखिम बढेपछि तटबन्धन गर्नुपरेको सिनियर डिभिजनल इञ्जिनियर वान्तवाले बताउनुभयो ।

तटबन्धन निर्माणको जिम्मा स्वामी नारायण आशीर्वाद साह जेबी, उदयपुरले लिएको हो । सुनसरी मोरङ सिँचाइ आयोजनाबाट सुनसरी र मोरङमा ६८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा हुने गर्दछ ।