Tuesday 3rd August 2021

    तारकेश्वर नगरपालिका वडा नम्बर १ मा रुखलाई चौतारोका रुपामा परिणत    सकारात्मक सोचले नै समाजसेवा गर्न मानिसलाई प्रेरित गर्दछ: राधेश्याम मिश्र (अध्यक्ष, वातावरण मैत्री समाज)    गीतकार खनालको मौलिक तीज गीत ‘छोरीको करिम’ सार्वजनिक    नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन नेपाल) को पाँचौ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न    तेश्रो नेपाल कल्चरल फिल्म फेष्टिवको मनोनयन सार्वजानिक

उपराष्ट्रपति र रक्षामन्त्रीले गरे च्याङ्बा लामाको तारिफ

Saturday, February 3, 2018 National Power

१९ माघ , काठमाडौ-  नेपालका सम्माननिय उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तरराष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो उदघाटन गरेर त्यसको बडा अभिरुचिपूर्वक अवलोकन गर्नु भएको छ । काठमाडौको भृकुटीमण्डपमा आयोजित फोटोग्राफी एक्स्पोको आयोजना नेपाल फोटोपत्रकार समूहले गरेको हो।

शुक्रबारवाट तीनदिनसम्म चल्ने एक्सपोमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय ७० वटाजति स्टल रहेको छ। एक्स्पो अवलोकन भ्रमणका क्रममा सम्माननिय उपराष्ट्रपति पुन नेपालका ख्यातिप्राप्त फोटोग्राफर तथा सीबी माउन्ट एण्ड फ्रेमिङ सेन्टरका म्यानेजिङ डाइरेक्टर च्याङ्बा लामाको फ्रेमिङ स्टलमा पुग्दा चकित नै वन्नुभएको थियो।

च्याङ्बा लामाको फ्रेमिङ कंपनीले अन्तरराष्ट्रिय स्तरका गजब गजबका फोटो फ्रेम उत्पादन गरेर देश–विदेशमा ख्याति कमाएको थाहा पाएका सम्माननिय उपराष्ट्रपति पुनले अत्यन्त खुशी बनेर च्याङ्बा लामालाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

साथमा च्याङ्बाको फ्रेमिङ स्टलमा पुगेका नेपालका माननिय रक्षा मन्त्री भीमसेनदास प्रधानले पनि च्याङ्बा लामाको फोटोग्राफी र फ्रेमिङ कंपनीको तारिफ गर्नु भएको थियो । सवैको तारिफ पाएका च्याङ्बा लामाको स्टल एक्स्पोको अत्यन्त आकर्षक स्टलको रुपमा नै सवैले मानेको छ।

उक्त स्टलमा पुग्ने सवैले गजब गजबका मनमोहक चित्ताकर्षक फ्रेम तथा फोटा देखेपछि वाह भन्ने गरेका छन्।