Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

शेर बहादुरको प्रचारमा मह जोडी देखी दिपक दिपा सम्म (भिडियो)

Wednesday, January 31, 2018 National Power

काठमाडौं – प्रदर्शन मिती नजिकिदै गर्दा फिल्म शेरबहादुरको प्रचार प्रसार तिब्र बनाईएको छ । प्रचार प्रसारको विभिन्न उपायहरु प्रयोग गर्दै शेरबहादुर टिमले राजधानीमा सञ्चालित सफा ट्याम्पोहरुमा पनि फिल्मको पोष्टर प्रदर्शन गरिरहेका छन् । यहि माघ १९ गते बाट रिलिजमा आउन लागेको फिल्म शेरबहादरको वारेमा मह जोडीका बरिष्ठ कलाकारद्धय मदन कृष्ण श्रेष्ठ र हरि बंश आचार्यले फिल्म र निर्माता गौरी शंकर धुजुको वारेमा बोल्दै फिल्मको प्रमोशनमा लागेका हुन् । मह जोडीले शेरबहादुर निकै राम्रो भएको र नेपालमा पनि शेर बहादुर जस्तो फिल्म बन्न सक्छ भने जानकारी भिडियो मार्फत दिएका छन् । गौरी शंकर धुजु नेपाली फिल्म क्षेत्रमा ४० बर्ष देखी अनवरत रुपमा लाग्दै आईरहेका छन् । अनुभवको हिसाबले ४ दशक पार गरिसकेका गौरी शंकर धुजुले निर्माण गरेको फिल्म शेरबहादुर नेपाली दर्शकहरुको लागि एक अब्बल फिल्म हुने मह जोडीको दावी छ ।
यस्तै फिल्म शेरबहादुरकै वारेमा बोल्दै दिपक दिपाले राम्रो फिल्मको प्रतिक्षामा रहेका दर्शकहरुले शेरबहादुर हेर्दा राम्रो हुने बताएका छन् । दिपा श्री निरौलाले मह जोडीसँगै निरन्तर फिल्म क्षेत्रमा लाग्दै आएका गौरी शंकर धुजुले निर्माण गरेको फिल्ममा धेरै फिल्मकर्मीको अनुभव समेटिएको दावी गरेकी छिन् । उनले सस्पेन थ्रिलर शेरबहादुर सबैले मन पराउने दावी गरेकी हुन् । दिपकराज गिरीले शेरबहादर जस्तो फिल्म नेपालमा अहिले सम्म नबनेको दावी गरे । हलिउड फिल्मको प्रभावमा बनाएको शेरबहादुर हलिउड भन्दा पनि राम्रो बनेको गिरीको तर्क छ । नेपाली मेकर र फिल्मकर्मीले पनि शेरबहादर जस्तो फिल्म बनाउन सक्छ भने एउटा उदाहरण हुनेछ, फिल्म शेरबहादुर । यता चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेका फिल्म शत्रुगतेका निर्माता तथा प्रस्तुतकर्ता किरण केसीले आफुले कहिल्यै निर्माण गर्न नसकिने जनराको फिल्म शेरबहादर रहेको बताएका छन् । उनले नेपाली फिल्म राम्रा हुदैनन् र नेपाली फिल्म हेर्नै मन लाग्दैनन् भने दर्शबहरुले एक पटक जसरी भएपनि शेरबहादुर हेर्न आग्रह पनि गरेका छन् ।
एक्शन, रोमान्स, ड्रामा  समाबेश फिल्ममा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकारहरुको मूख्य भुमिका रहेको छ । फिल्मका निर्देशक आर राजवंशि हुन् भने निर्माताका रुपमा बरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन् । फिल्ममा कोशिश क्षेत्रीको संगीत, बसन्त श्रेष्ठको नृत्य, दिर्घ गुरुङ र नारायण जिसीको छायांकन तथा निमेश श्रेष्ठको सम्पादन रहेको छ । फिल्मलाई राजधानीमा गोपालकाजी कायस्थ र राजधानी बाहिर एफडि कम्पनिले वितरण गर्दैछन् ।
https://www.youtube.com/watch?v=enUNXx6pq5A