Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

५० किलो चरेशसहित २२ बर्षका यूवा पक्राउ

Sunday, January 28, 2018 National Power

१४ माघ,काठमाण्डौ – रोल्पा (माडीगाउँपालिका– २ घर्तीगाउँबाट आज बिहान प्रहरीले ठूलो मात्रामा चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । क्षेत्रीय प्रहरी ब्यूरो टोलीका प्रहरी निरीक्षक अरुणकुमार सिंह, जिल्ला प्रहरी कार्यालय रोल्पाको सादा पोशाकका प्रहरी र इलाका प्रहरी कार्यालय घर्तीगाउँको प्रहरी टोलीले संयुक्त रुपमा लागुऔषध बरामद गरेको बताइएको छ । चरेश भेटिएको ठाउँ इलाका प्रहरी कार्यालय घर्तीगाउँदेखि १० मिनेटको दूरीमा छ ।

थवाङ गाउँपालिका– ३ मिरुलका २२ वर्षीय शेरबहादुर बुढा र २२ वर्षीय प्रश्न बुढा मगरले शंकास्पद काम गरेको आशंकामा आज बिहान ३ः३० बजे छापा मार्दा लुकाइराखिएको ५० किलो चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।