Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

कर्णालीको सिरेठोमा न्यानो बाँड्दै शान्ति समाज

Friday, January 26, 2018 National Power

१२ माघ, काठमाडौँ – शान्ति समाज नेपाल काठमाडौको आयोजनामा संचालन गरेको कपडा वितरण अर्थात न्यानो वितरण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौको सुकुम्बासी बस्तीमा माघ ६ गते वृद्धवृद्धा अपाङ्गता भएकाहरु, भुकम्पपिडित, सितलहर चिसो पिडितहरु करिब १५० जनालाई वितरण गरिएको सस्थाका अध्यक्ष शान्तिदिप रेग्मीले जानाकारी दिए ।

संस्थाले २०७२ सालमा आएको महाभूकम्पमा पनि विभिन्न किसिमका मानविय सहयता उपलब्ध गराएको थियो भने हाल सम्म १०० जना महिला सिलाई कटाई, व्यूटिपालर, बेकरी आदी तालिम प्रदान गरेको छ ।

संस्थाले ३०० जनालाई पुग्ने गरी जुम्ला जिल्लाको कुलालवाडा, हैता, सार्किवाडा मा न्यानो कपडा वितरणका लागी सोही ठाउँका स्थानीय समाजसेवी हरीशरण आचार्य लाई कर्णली तर्फ ८ वोरा न्यानो कपडा पठाएको छ । कर्णालीमा चीसोको कारण धेरै जनाको मृत्यु भएपनि राज्य वेखवर भएको अवस्थामा संस्थाले सानो भएपनि सहयोग स्वरुप न्यानो कपडा संकलन गरी सहयोग जुटाई गरीव कर्णलीवासीहरुको लागी न्यानो कपडा पठाएको जानकारी अध्यक्ष रेग्मीले दिए ।

कपडा संकलनमा किमथाङ्का बचत संस्था बोैद्ध काठमाडौका अध्यक्ष यूवराज खड्का र चितवन टेलरिङ् सेन्टर पिङ्लास्थान काठमाडौका संचालन यूवा व्यवसायी तथा समाजसेवी विजय अधिकारीले क्रिष्ट एजुकेशन चाबहिलका संचालक कैलाश न्यौपाने तथा संस्थाका उपाध्यक्ष विरवल लामा, दिनेश प्रसाद भट्टराईबाट पनि उल्लेखित सहयोग गरेको अध्यक्ष रेग्मीले बताए ।
त्यस्तै, रंगकर्मी तथा कलाकार भोला अधिकरी, भूमिनन्द नेपाल, रोज लामा, दिनेश खड्का, हैंसे होस्टे सामाजिक संस्था, वुद्ध एयरका सिनिएर अफिसर मदन कुमार शाही दैलेख वुद्ध एयरकै अर्का कमचारी मेघप्रसाद उपाध्याले पनि कपडा संकलन देखि हरेक किसिमका सहयोग गरेको रेग्मीले बताए ।