Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

खाद्य संस्थानद्वारा गुणस्तर परीक्षणको तयारी

Thursday, January 25, 2018 National Power

११ माघ, काठमाडौँ – नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने तयारी गरेको छ । खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने कार्य अघि बढाइसकेको संस्थानको योजना विभागका प्रमुख एवं प्रवक्ता शंकर सापकोटाले बताउनुभयो ।

यसका लागि भारतीय दूतावासको सहयोगमा छुट्टै भवन निर्माण सम्पन्न भइसकेको छ भने उक्त भवनको दुई महिना अघि संस्थानलाई हस्तान्तरण गर्ने कार्य पनि सम्पन्न भइसकेको उहाँले बताउनुभयो । सो भवन रु पाँच करोडको लागतमा निर्माण भएको हो । हालसम्म खाद्यान्नको गुणस्तर परीक्षण गर्ने काम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्दै आएकामा खाद्य संस्थानमा बन्ने उक्त खाद्य प्रयोगशालाले सरकारबाट अख्तियारी प्राप्त भएमा माछा, मासु, पाउरोटी तथा अन्य खाद्य सामग्रीको गुणस्तर परीक्षण गर्ने तथा सार्वजनिक सरोकारका विषय हेर्ने योजना बनाइरहेको सापकोटाले जानकारी दिनुभयो ।

प्रवक्ता सापकोटाले भन्नुभयो, “अहिले भवन हस्तान्तरण मात्र भएको छ । आवश्यक मेशिन, जनशक्ति तथा प्रविधिको व्यवस्थापनको कार्य बाँकी नै छ । यही आर्थिक वर्षभित्र आवश्यक कुरा पूरा गर्ने लक्ष्य छ ।” उहाँले आपूर्ति मन्त्रालयको नीति र निर्देशनअनुसार प्रयोगशालाको व्यवस्थापन तथा कार्यसम्पादन हुने योजना रहेको उल्लेख गर्नुभयो ।

तीनलाख क्विन्टल चामल खरिद गरिने

संस्थानका प्रवक्ता सापकोटाले यसवर्ष दुई लाख ७६ हजार क्विन्टल चामल खरिद गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले हालसम्म ७० हजार क्विन्टल चामल खरिद गरिसकेको, पूूर्वतिर भर्खर खरिदका काम शुरु भएको र फागुनसम्म खरिद भइसक्ने बताउनुभयो ।