Wednesday 12th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

३ नम्बर प्रदेशसभाको प्रथम अधिवेशन मिति तोकियो

Thursday, January 25, 2018 National Power

११ माघ, काठमाडौं – प्रदेश ३ को प्रदेशसभाको प्रथम अधिवेशन माघ १८ का लागि आह्वान गरिएको छ । प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले बिहीबार एक सूचना जारी गर्दै माघ १८ का लागि प्रदेशसभाको प्रथम अधिवेशन आह्वान गरेकी हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश बैठक आह्वान गरेकी कोइरालाले सबै प्रदेशसभा सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेकी छन् ।

बैठक प्रदेशसभा स्थल तोकिएको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको भवनमा बस्नेछ । प्रदेश सांसद्ले शपथ ग्रहण गरेको २० दिनभित्रमा प्रदेशसभाको प्रथम अधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश ३ सहित सातवटै प्रदेशका सांसद्ले गत माघ ७ गते शपथ लिएका थिए । यसअनुसार माघ २७ भित्रमा सबै प्रदेशहरुले प्रदेशसभाको प्रथम अधिवेशन बोलाइसक्नुपर्नेछ । यद्यपि, संवैधानिक व्यवस्था यस्तो भए पनि केहीले अझै प्रथम अधिवेशनको मिति तय गरिसकेका छैनन् ।