Tuesday 16th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

महिलाहरुमा किन हुन्छ मुत्रनलीको संक्रमण ?

Tuesday, January 23, 2018 National Power

९माघ,काठमाण्डौ – हरेक महिलाले भोगेकै होलान्, पिसाबको संक्रमण । मासिक श्राव, गर्भावस्था जस्ता विभिन्न चरणबाट गुज्रनुपर्ने भएकाले महिलाहरुको योनीद्वारमा संक्रमणको भय बढी हुने गर्छ । यसलाई चिकित्सकको भाषामा युटीआई अर्थात युरिनरी ट्र्याक इन्फेक्सन भनिन्छ । यो भनेको मुत्रनलीमा हुने संक्रमण हो । योनीद्वारको सरसफाईमा ख्याल नपुर्‍याउँदा, असुरक्षित यौन सम्पर्क गर्दा यस्तो समस्या निम्तन सक्छ ।

किन हुन्छ यस्तो ?

महिलाहरुको योनीद्वार निकै संवेदनसिल हुन्छ । यस्तो अंगमा बाहिरको संक्रमण फैलिने खतरा बढी हुने गर्छ । यदी मुत्राशयबाट पिसाब पास हुने नलीको राम्ररी सफाई नभएको अवस्थामा त्यहाँबाट सुरु भएको संक्रमण मुत्राशय सम्म पुग्ने गर्छ , जसलाई ‘युटीआई’ अर्थात युरिनरी ट्रयाक इन्फेक्सन भन्ने गरिन्छ ।
 - संवेदनशील स्थानमा चोट लागेमा
  - दर्गन्धित शौचालयको प्रयोग
  - धेरैबेरसम्म पिसाब रोकेमा
  - गुप्ताङ्गको राम्रोसित सफाई नगरे
  - पानीको कम सेवन
  -मृगौलामा पथ्थरी वा मधुमेह
  - रोग प्रतिरोधात्मक क्षमता कम भएमा
– पुरुषहरुमा प्रोस्टेट ग्लैडको बढेमा
युटीआईको लक्षण
 -गुप्ताङ्ग चिलाउनु वा पोल्नु
 -पिसाब कम हुनु वा थोरै थोरै मात्र पिसाब हुनु
 -पटक पटक बाथरुम जान मन लाग्नु र जादाँ थोरै मात्र पिसाब हुनु
 -पहेलो पिसाब तथा गन्हाउने पिसाब
 -ढाडको तल्लो भागमा पीडा महसुस हुनु
 -पेटको तललो भाग दुख्नु
 -ज्वरो आउनु तथा थकान महसुस हुनु
अब के गर्ने त ?
 -प्रशस्त मात्रामा पानीको सेवन गर्ने
 -समय समयमा बाथरुम जाने
 -धेरै बेर पिसाब नरोक्ने
 -बाथरुम प्रयोग गर्दा फ्लस गर्ने बानी बसाल्ने
 -योनीको नियमित सफाई
 -सफा भित्रीवस्त्रको प्रयोग
 -खानामा भिटामिन सीको प्रयोग गर्ने
 -धुमपान , मद्यपान तथा मसलेदार, चिल्लो, चिया, कफीको सेवनबाट टाढा रहने
 -दालचनी, जौको पानी, नरिवल पानी तथा मोहीको भरपूर मात्रामा सेवन गर्ने

कसरी गर्ने उपचार ?

सामान्यतयाः युटीआई भएमा चिकित्सकको परामर्श अनिवार्य हुन्छ । यस्ता संक्रमण एन्टीबायोटिक्सद्धारा मात्र निको हुने भएकोले चिकित्सकहरु युटीआई भएमा एन्टीबायोटिक्स लिने सल्लाह दिन्छन् । यस्ता औषधी त्यतिबेलामात्र दिइन्छ, जब महिलालाई बारबार युटीआईको समस्या हुने गर्छ । प्रशस्त मात्रामा पानीको सेवन गर्नाले पनि यो समस्या आफै कम भएर जान्छ । किनकी पानी पिउनाले शरीरमा संक्रमण गराउने व्याक्टेरिया शरीरबाट बाहिर निस्कने सम्भावना धरै हुन्छ ।

प्रत्येक पटक पिसाब गरिसकेपछि योनीको राम्रोसित सफाई गर्नाले पनि यो समस्या विस्तारै कम हुँदै जान्छ । त्यतिमात्र हैन, यौनसम्पर्क पश्चात्त पनि महिलाहरुमा युटीआई हुने सम्भावना अधिक हुने भएकोले प्रत्येक पल्ट यौन सम्पर्क पछि आफ्ना गुप्ता घको राम्ररी सफाई गर्न त्यसलाई सुख्खा राख्न जरुरी छ । विशेषगरी, गुताङ्ग ओसिलो रहेमा त्यसमा जिवाणुका संक्रमण हुने खतरा बढी रहन्छ । साथै युटीआईको समस्या जसटिल भएमा यसले मृगौलामा संक्रमण गरी गम्भीर समस्या निम्त्याउन सक्छ ।