Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

रक्षा मन्त्रीको प्रमुख आतिथ्यतामा लालीगुराँस नेशनल एकेडेमी १०औं अभिभावक दिवस मनायो

Monday, January 22, 2018 National Power

काठमाण्डौ – रक्षा मन्त्री भीमसेनदास प्रधानको प्रमुख आतिथ्यमा लालीगुराँस नेशनल एकेडेमी, तारकेश्वर, मनमैजुले १०, औं अभिभावक दिवस भब्यताका साथ मनायो । कक्षा नर्सरी देखि कक्षा ३ सम्मको अभिभावक दिवस मनाउने क्रममा तारकेश्वर नगरपालिका मेयर रामेश्वर बोहरा र जिल्ला शिक्षा का र्यालयका प्रतिनिधि श्रोत ब्यक्ति रामेश्वर पौडेल ले कार्यक्रमको सफलता र विद्यालयको उत्तरोत्तर प्रगतिका लागि शुभकामना प्रदान गर्नुु भयो ।

विद्यालयका प्रिन्सिपल गोपाल बुढाथोकीले बिगत , वर्तमान र भबिष्यका बारेमा प्रष्ट पार्दै शैक्षिक कृयाकलाप र अतिरिक्त कृयाकलाप को संयोजनबाट मात्र विधार्थीको सिकाइ सार्थक हुने र सर्बाङ्गीण विकास सम्भब हुने लगायत यस बर्षमा विद्यालयले हाँसिल गरेका उपलब्धीहरु को समेत जानकारी दिनुभयो ।

इ. सि. ए . डाइरेक्टर जोगेन्द्र केसी ले नर्सरी देखि कक्षा ३ सम्मका बिधार्थी का नृत्य, गीत फेसन सो तथा नाटक सम्म क्रमै सँग सुब्यबस्थित तरिकाले प्रस्तुत गर्नु भयो । विद्यालयकी भाईस प्रिन्सिपल सुजता काफ्ले उदाशले  आगन्तुक सम्पुर्ण अभिभावकलाई स्वागत गर्दै माघ ८ गते सरस्वती पुजा का अवसरमा प्ले ग्रुपमा निशुल्क भर्ना लिइने जानकारी समेत दिनु भयो ।