Friday 29th March 2024

    पाँचौं नेपाल साँस्कृतिक चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

राष्ट्रिय सभाका उम्मेदवारहरु छान्दै एमाले

Monday, January 22, 2018 National Power

८ माघ,काठमाडौँ – नेकपा एमालेको स्थायी समितिको बैठक पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा आज दिउँसो ३ बजे बस्ने भएको छ ।आजको बैठकमा राष्ट्रिय सभाको लागि एमालेले उम्मेदवार बनाउने २९ जनाको नाम टुङ्याउने स्थायी समिति सदस्य सुवास नेम्वाङले बताए ।

२ गते भएको संयुक्त कार्यदलले सिफारिस गरेका सदस्य संख्या हिजो बालकोटमा बसेको पार्टी एकता संयोजन समितिको बेठकले अनुमोदन गरेको छ । आज बस्ने स्थायी समितिको बैठकमा हिजो ओली निवासमा भएको संयोजन समितिमा भएको छलफलको पनि ब्रिफिङ हुने जनाइएको छ । एमालेले राष्ट्रिय सभामा उठाउने उम्मेदवारमा महिला, दलित, अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिसहित मिलाएर २९ जनाको नाम आज टुङ्ग्याउने नेम्वाङले बताए ।