Tuesday 3rd August 2021

    गीतकार खनालको मौलिक तीज गीत ‘छोरीको करिम’ सार्वजनिक    नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन नेपाल) को पाँचौ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न    तेश्रो नेपाल कल्चरल फिल्म फेष्टिवको मनोनयन सार्वजानिक    निर्मलालाई एक नारीको खुला पत्र : ‘नारी समाज फुटाउनेले समाज कसरी जोड्न सक्छ ?    विश्वभर फैलियो डेल्टा भेरियन्ट

प्याकिङ खाद्यान्न कसरी छान्ने ?

Saturday, January 20, 2018 National Power

६ माघ,काठमाण्डौ – भान्साका लागि आवश्यक खाद्यान्न किन्दा विशेष ध्यान दिनुपर्छ । आकर्षक प्याकेटमा राखिएको देख्दैमा या मूल्य महँगो पर्दैमा खाद्य सामग्री गुणस्तरीय नहुन सक्छ । हरियो सागरतरकारी त सरसर्ती हेर्दा या छाम्दा पनि ताजा भएरनभएको थाहा पाउन सकिन्छ । तर, प्याकिङ गरिएका खाद्यान्न किन्दा झुक्किने ठाउँ धेरै रहन्छ । त्यसैले केही महत्वपूर्ण कुरामा ध्यान दिनुपर्छ .

१. प्याकिङ गरिएको खाद्य सामग्री खरिद गर्दा सबैभन्दा पहिले लेभल लागेरनलागेको ख्याल गर्नुपर्छ । लेबलमा उत्पादक कम्पनी, उत्पादन मिति, उपभोग गरिसक्नुपर्ने मिति, मूल्यलगायत विवरण लेखिएको हुन्छ । यी सबै कुरा बुझ्ने भाषामा लेखिएको हुनुपर्छ । प्याकेटमा लेबल छैन या आवश्यक जानकारी बुझ्ने गरी खुलाइएको छैन भने खरिद नगर्नुहोस् । यस्ता खाद्य सामग्रीको जिम्मेवार कोही हुँदैन, गलत तरिकाले बिक्री वितरण भइरहेको हुन्छ । अखाद्य पदार्थ मिसाइएको हुन सक्छ । खाँदा स्वास्थ्यमा असर गर्न सक्छ ।

२. गुणस्तर विभागबाट अनुज्ञापत्र नलिई उत्पादन तथा बिक्री गरिएका खाद्य सामग्रीको गुणस्तरमा शंका गर्ने ठाउँ धेरै हुन्छ । सानो लगानीमा घरमै उत्पादन गरिन्छ र कम गुणस्तरका सामग्री प्रयोग भएका हुन सक्छन् । अनुसन्धानमा पनि यस्ता धेरै भेटिएका छन् । खासगरी मसला, चिप्सलगायतमा यो समस्या हुन्छ । त्यसैले यस्ता खाद्यान्नमा लेबल हेर्नुपर्ने आवश्यकता बढी हुन्छ । प्याकिङ गरिएका हरेक खाद्य सामग्रीमा के–के सम्मिश्रण गरिएको छ भन्ने पूर्ण जानकारी दिइएको हुनैपर्छ । विदेशी कम्पनीले पनि नेपाली र अंग्रेजी भाषामा बुझ्ने गरी खुलाउनुपर्छ ।

३. प्याकिङ गरिएको खाद्य सामग्रीमा र्‍यापरको गुणस्तर पनि हेर्नुपर्छ । मेटालिक र्‍यापरमा प्याकिङ गरिएको खाद्य सामग्री राम्रो हुन्छ । विशेषगरी चाउचाउ, चिप्स, चामललगायतका सुक्खा खाद्यमा यस्तो प्याकिङ राम्रो हुन्छ ।

४. जुस, माछा, मासु, दूधलगायत खाद्य सामग्रीको प्याकिङमा भने विशेष ख्याल राख्नुपर्छ । यस्ता सामग्रीको प्याकिङ राम्रो भए पनि सामान फुलेको छ भने किन्नु हुँदैन । दूध, फलफूल, जुसलगायत सामग्रीमा उपभोग मिति धेरै छ भनेर मात्रै ढुक्क हुन सकिँदैन । प्याकिङ कत्तिको गुणस्तरीय छ भन्नेमा चनाखो हुनुपर्छ ।