Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

विवश भएर बाँचेको जिन्दगी

Wednesday, January 17, 2018 National Power

 विवश भएर बाँचेको जिन्दगी
 आँशु पिएर हाँसेको जिन्दगी
 लिएर पनि जिउदा रहेछन
 यहाँ मान्छेहरु..............

 पिडाको त कुरौ छोडैं
 दुःखको भाव विहलमा पनि
 एक्लै एक्लै बाँच्दा रहेछन
 यहाँ मान्छेहरु............

 चोट व्यथा हुन्छ भन्थे
 सुनेको थिए तर पनि खोई
 त्यो रापमा कसरी
 बाँच्दा रहेछन मान्छेहरु
 त्यो रापमा कसरी
 बाँच्दा रहेछन मान्छेहरु

 झुटको आड लिने क्षमता छैन
 म मा त तर पनि खोई
 कस्तो आड लिई
 बाँच्दा रहेछन यहाँ मान्छेहरु

 त्यती मात्र कहाँ हो र
 आफनै मुटु लाई धोखा दिई
 खुशी साथ बाँच्दा रहेछन
 मान्छेहरु........

 विवश भएर बाँचेको जिन्दगी
 आँशु पिएर हाँसेको जिन्दगी
 लिएर पनि जिउदा रहेछन
 यहाँ मान्छेहरु..............

नबु सत्याल