Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

विवश भएर बाँचेको जिन्दगी

Wednesday, January 17, 2018 National Power

 विवश भएर बाँचेको जिन्दगी
 आँशु पिएर हाँसेको जिन्दगी
 लिएर पनि जिउदा रहेछन
 यहाँ मान्छेहरु..............

 पिडाको त कुरौ छोडैं
 दुःखको भाव विहलमा पनि
 एक्लै एक्लै बाँच्दा रहेछन
 यहाँ मान्छेहरु............

 चोट व्यथा हुन्छ भन्थे
 सुनेको थिए तर पनि खोई
 त्यो रापमा कसरी
 बाँच्दा रहेछन मान्छेहरु
 त्यो रापमा कसरी
 बाँच्दा रहेछन मान्छेहरु

 झुटको आड लिने क्षमता छैन
 म मा त तर पनि खोई
 कस्तो आड लिई
 बाँच्दा रहेछन यहाँ मान्छेहरु

 त्यती मात्र कहाँ हो र
 आफनै मुटु लाई धोखा दिई
 खुशी साथ बाँच्दा रहेछन
 मान्छेहरु........

 विवश भएर बाँचेको जिन्दगी
 आँशु पिएर हाँसेको जिन्दगी
 लिएर पनि जिउदा रहेछन
 यहाँ मान्छेहरु..............

नबु सत्याल